नयाँ विश्व शान्तिको युगतर्फ
9th Aug, 2025 117 Views

पहिलाे भाग—FIRST PART
(विश्व शान्ति — एक गम्भीर चुनौती)
World Peace — A Serious Challenge
परिचय — INTRODUCTION
नयाँ विश्व — मानव चेतना र अस्तित्वको प्रश्न
मानव सभ्यता आज आफ्नो इतिहासको सबैभन्दा निर्णायक मोडमा उभिएको छ। अभूतपूर्व वैज्ञानिक तथा प्राविधिक प्रगति सँगै मानवजाति अब विनाशकारी क्षमताले पनि सुसज्जित भइसकेको छ।
यो द्वन्द्व — विकास र विनाश — आजको विश्व–व्यवस्थाको केन्द्रीय विरोधाभास बनेको छ।
युद्ध, अनियन्त्रित घातक परमाणु हतियारहरूको निर्माण र भण्डारण, मानसिक तथा नैतिक विघटन अब कुनै एक राष्ट्रको मात्र समस्या रहेन; यी सम्पूर्ण विश्व मानवता र सभ्यताको ऐतिहासिक अस्तित्व माथि प्रत्यक्ष र जटिल संकट बनेका छन्।
मानवता अविभाज्य छ — कुनै पनि राष्ट्र, जाति, धर्म वा विचारधारा अलग्गै अस्तित्वमा रहन सक्दैन।
युद्ध समस्याको समाधान होइन — यो त चेतनात्मक विफलताको लक्षण हो। युद्ध नीति–विवेकको परिणाम होइन, बरु सामूहिक मनोवैज्ञानिक असन्तुलन — श्रेष्ठताबोध (superiority complex) र हीनताबोध (Inferiority complex) साथै भयको संयुक्त अभिव्यक्ति हो।
हतियारहरूलाई राष्ट्रको सुरक्षाको ढाल बनाउन खोज्नु — भय, अविश्वास र असफल संवादका परिणाम हुन्। जहाँ चेतना, नैतिकता र सहकार्य असफल हुन्छन्, त्यहीँ हतियारहरूको जन्म हुन्छ। त्यसैले हतियारहरू राष्ट्रको सुरक्षा हुन सक्दैनन्—ती मानव सभ्यताको असफलताका लक्षण र निशानि मात्र हुन्।
जति धेरै हतियारको आवश्यकता महसुस गरिन्छ, त्यति नै स्पष्ट हुन्छ कि मानवता शान्ति–निर्माणमा वैचारिक रूपले असफल हुँदै असान्तिको क्षेत्रमा प्रवेश गर्ने तैयारि हुँदैछ। यो घोषणापत्र स्वीकार गर्दछ कि — प्रभुत्ववाद र सामूहिक हीनताबोध नै आधुनिक युद्ध, उग्र राष्ट्रवाद, धार्मिक कट्टरता र हतियार दौडका मनोवैज्ञानिक स्रोत हुन्।
याे लेख कुनै राजनीतिक विलयको प्रस्ताव होइन; यो साझा नैतिक उत्तरदायित्व, सह–अस्तित्व चेतना र सामूहिक मानव पहिचान प्रतिको गहिरो अभिव्यक्ति हो।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को शक्ति–सन्तुलनमा आधारित वर्तमान संरचनाको सट्टा, मानव–सुरक्षा, मानवीय गरिमा र नैतिक वैधतामा आधारित निर्णय प्रणाली विकास गर्नु अबको अनिवार्य आवश्यकता बनेको छ।
विश्व राजनीति निरन्तर असन्तुलित हुँदै जानु अन्ततः मानव सभ्यतालाई पुनः विश्वयुद्धतर्फ धकेल्ने मूल कारण बन्न सक्छ—यो सम्भावनालाई बेवास्ता गर्नु भविष्य प्रतिको घोर गैर-जिम्मेवारी कार्य हुनेछ।
भावी पुस्ताप्रति उत्तरदायित्व
भविष्यका पुस्ताहरू हाम्रा आजका गहिराे निर्णयका उत्तराधिकारी हुनेछन। वर्तमान पुस्ताको नैतिक कर्तव्य हो—उनीहरूलाई युद्ध, भय र विनाशको संसार होइन, सुरक्षित, शान्त र विवेकपूर्ण पृथ्वी हस्तान्तरण गर्ने दिशामा केन्द्रित हाेउन।
जस्ले आफ्ना सन्तान र आउने पुस्ताका लागि शान्ति सुनिश्चित गर्न सक्दैन, उसले आफूलाई विकसित र सभ्य कहलिने नैतिक अधिकार गुमाउँछ।
प्रत्येक मानिसले सर्वप्रथम आफ्नो साथै बिस्वको सुरक्षाको उपाय र व्यवस्था सुनिश्चित गर्न आवश्यक ब्यबस्था मिलाउन जरूरि हुन्छ।असुरक्षाको अवस्थामा कुनै पनि सकारात्मक कार्यको परिणाम दिगाे र भरपर्दो हुन सक्दैन।
वर्तमान विश्वव्यापी संकट — मानवहरूकाे बाैदिक क्षमता र स्तर संकुचित (narrow) हुँदै जानथालेको संकेत हो— येस्ले कुनै पनि समय बिश्व दुर्घटनालाई जन्म दिन तत्पर रहेकाे हुन्छ।
समस्त मानवताको तर्फबाट हामी घोषणा गर्दछौँ :
— जीवन विजय भन्दा महान छ।
— विवेक शक्ति भन्दा उच्च छ।
— शान्ति कुनै पनि राष्ट्र र धर्म भन्दा श्रेष्ठ छ।
यो अभियान अन्त्य होइन—यो एक नयाँ सभ्यतागत यात्राको सुरुवाति प्रयास हो।
“शान्तिलाई केवल विकल्पका रूपमा होइन—मानव अस्तित्वको अनिवार्य शर्तका रूपमा स्वीकार गर्न आवस्यक छ।”
पहिलाे भाग—FIRST PART
नयाँ विश्व—मानव चेतना र अस्तित्व को प्रश्न
यो लेखले बिस्वका मानवहरु अहिले सैन्यकरणकाे बिस्तार तर्फ अघि बढदैजाने वा दिगाे शान्तिको बाटाे रोज्ने तर्फ प्रस्तुत गर्दछ।
धार्मिक, दार्सनिक र नितिगत परम्पराहरुलाइ आधार बनाउदै, यस्ले शान्ति भनेकाे केबल युद्धको अनुपस्थिति मात्र नभई मानविय सहानुभुति, दया, न्याय र सामुहिक जिम्मेवारीमा आधारित हुनुपर्ने तथ्यलाई पनि प्रष्टयाउछ।
यी संरचनागत खतराहरू सँग जुध्न र सामान्जस्य स्थापित गर्नकालागि यस लेखले निशस्त्रीकरण, विश्वव्यापी मुद्रा — सम्पुर्ण राष्ट्रमा सहज मानवहरूको आवागमन, र एकीकृत विश्व सरकारको निर्माण जस्ता सुधारहरूको प्रस्ताव गर्दछ।
अन्तत यो रचनाले विश्वशान्तिको लागि व्यक्तिगत नैतिक रूपान्तरण र प्रणालीगत सुधार दुवै अपरिहार्य रहेको निष्कर्ष सहित मानव अस्तित्व निरन्तरताको लागि विनाशकारी प्रवृत्तिहरूलाई हटाउदै लैजाने वा अतिक्रमणगरी विश्वस्तरमा मानव एकतालाई बलियो बनाऊदै लैजानु पर्छ भन्ने निस्कर्ष सहित यो धारणा प्रस्तुत गरेकोछ।
यो एउटा सानेा र छोटाे लेख भएता पनि तीन भागमा विभाजित रहेको छ। मानवहरूले सामना गरिरहेको विश्वको अहिलेकाे जटिल परिस्थितिको बारेमा सहज तवरले सबैले जानकारि प्राप्त गर्न सकुन भन्ने उदेश्यले विश्वव्यापी पाठकवर्गहरू समक्ष पुर्याउने लक्ष रहेको — यो लेखलाई पुस्तक मार्फत विश्वका केही प्रमुख भाषाहरूमा पनि प्रारम्भिक चरणको लेखन कार्य समेत थालनि गरिएको छ।
यो रचना कुनै पनि धार्मिक सम्प्रदाय र राजनीतिक संगठन सँग सम्बन्ध नरहेकाे — विश्व मानवहरुको कल्याणमा समर्पित रहेको र अन्तमा महत्वपूर्ण निष्कर्ष रहेको कारणले सम्पूर्ण भागहरू लाई गम्भीरतापूर्वक अध्ययन गर्न समेत पाठकवर्गमा विशेष अनुरोध पनि गरिएकाेछ। हरेक पाठकले याे लेखलाई राम्ररी अध्ययन गर्नाले मात्र पनि विश्वशान्तिको लागि एउटा सुनाैलाे ईटा थपिन जाने निश्चित छ।
विश्वभरीका संबेदनसिल व्यक्तिहरुकाे भावनात्मक एकता वृद्धि हुदै बहुमत हुनसकेको खण्डमा मात्र पनि, यो सामाजिक आन्दोलनको मर्म सकारात्मक तरिकाले अघाडि बढदैगएर बिस्वमा देखा परेकाे अहिलेकाे जटिल समस्या र परिस्थितिलाई सहज बनाउदै लान सहयाेग पुग्न जाने संभावना बलियाे हुँदै जानेछ।
विश्व जनजागरण को लागि निरन्तर प्रयास
सम्पुर्ण मानवजातिलाई हानि नोक्सानि पुर्याउने ; रूढिबादि परम्परा , संकिर्ण सोच , संस्कार एवं मान्यताहरू लाई क्रमिक रूपमा बिस्थापित गर्दै नयाँ सोच र शैलीकाे बिकाश गरेर परिस्थिति अनुकुल बनाउदै लैजानु पर्ने आवस्यकता अनुरूप नयाँ विश्व को अवधारणाको बिषयमा गम्भीर भएर सोच्न बिस्वका सम्पुर्ण बाैद्विक (intellectual) ब्यक्तित्वहरु लाइ यसै लेख मार्फत आव्हान पनि गरिन्छ।
यथास्थितिकाे साेचकाे धरातलिय यथार्थलाई कायम राखेर अब याे विश्वकाे परिस्थिति र ब्यबस्था अघाडि बढन सक्ने संभावना न्यून बन्दै गईरहेकाे छ।
यस पृथ्वीमा रहेका मानिसहरूले सम्मानपूर्वक, भयरहित सन्तुलित वातावरणमा बाँच्न पाउनु पर्ने प्राकृतिक एवं जन्मशिद्ध नैसर्गिक अधिकार प्राप्तिको पक्षमा वकालत गर्दछ।
प्रकृतिकप्रदत शिद्धान्त र अधिकार अनुसार, विश्व जनजागरणको पहलहरू शुरु गरेर सम्पूर्ण मानवहरू यस धर्तिमा आउनुकाे गरिमालाई उच्च बनाउदै अझै बृस्तित तवरले परिष्कृत गर्दै लैजाने सम्बन्धि आवश्यकतामा बिशेष जोड दिन्छ !
विश्वलाई यो खतरनाक स्थितीमा ल्याई पुर्याउने यस गम्भीर समस्याहरूको समाधान गर्न ढिलाइ गरियो भने, कुनै पनि समयमा पृथ्वीका सम्पूर्ण वासिन्दा हरूले अकल्पनीय विनाशकारी परिस्थितिकाे सामना गर्नुपर्ने सम्भावना बढ्दै गएको लक्षणहरू पनि देखा पर्न थालिसकेको छ।
अहिले घातक आणविक मिसायलहरू रहेको देशहरूकाे तथ्यांक सार्वजनिक गर्ने काम मात्र भएको देखिन्छ। इंगलिस क्यालेन्डर सन् २०२४ को तथ्याङ्क अनुसार आणविक मिसाइलहरू रहेको राष्ट्रहरू ;
-
रसिया – ५,८८९
-
संयुक्त राज्य अमेरिका – ५,२४४
-
चीन – ४१०
-
फ्रान्स – २९०
-
बेलायत – २२५
-
भारत – १५०
-
पाकिस्तान – १५०
-
इजरायल – ९०
-
उत्तर कोरिया – ३०
यी मिसाइलहरू द्वितीय विश्वयुद्धमा अमेरिकाद्वारा जापानको हिरोशिमा र नागासाकीमा खसाईएका परमाणु बमहरू भन्दा धेरै गुणा विनाशकारी रहेको मानिन्छ। यि मिसाईलहरू केवल बटन (switch) थिचेर नै हजाराै किलाेमिटर टाढा लक्ष सम्म प्रहार गर्न सकिनेगरि आधुनिक तरिका बाट डिजाईन गरिएको भन्ने भनाई रहेको छ।
विश्व मा देखा परेका अन्य घातक हतियारहरू
“सुपरसोनिक” मिसाइललाई परिस्कृत गर्दै मार्च २०२५ मा “हाइपरसोनिक मिसाइल” को उदय गराईएको छ — यो ध्वनिको गति भन्दा पनि तीव्र गतिमा प्रहार गर्न सकिने भन्ने भनाई रहेकोछ एवम प्रकारले रसियाको “SATAN-2” आणविक मिसाइल, अठार हजार किलोमिटरको दूरीमा एकै पटकमा १५ (पन्द्र) विभिन्न स्थानहरूमा प्रहार गर्न सक्ने क्षमता भएको अत्यन्त घातक तरिकाले डिजाईन गरिएकाे हतियार मानिन्छ।
उपग्रह-आधारित (satellite war) आक्रमणहरू पनि समावेश छन्, जस्ले सटिक लक्ष्यमा प्रहार गरेर धेरै संख्यामा मानिशरुलाइ हताहत गर्न सक्नेछ ! हालका युद्धहरूमा प्रयोग भएका अत्याधुनिक हतियारहरू जस्तै ड्रोन स्वार्म तथा कृत्रिम बुद्धिमत्ता (A I) मा आधारित सैन्य प्रणाली हरूले यो स्थापित गरिदिएका छन् कि – आधुनिक प्रविधिको तीव्र प्रगति अब स्वयं मानव सुरक्षामाथि गम्भीर चुनौतीका रूपमा उभिएको छ।
यदि विश्वव्यापी परमाणु भण्डारको आधा मात्र प्रयोगले पनि पृथ्वीमा रहेका सम्पूर्ण प्राणीहरू को अस्तित्व समाप्त हुन सक्छ भनेर अन्तर्राष्ट्रिय सुरक्षा अन्तर्गत — हतियार विश्लेषकहरूले पनि स्वीकार गरेको बिषय मानिन्छ।
अन्तहिन बासनाको निरन्तर यात्रा
वासना केवल शरीरमा रहेका इन्द्रियहरूको तृप्तिसँग मात्र संबंधित विषय होइन। यो अनावश्यक लालसा, अतृप्त चाहना र निरन्तर फैलिँदै जाने इच्छाको प्रतीक हो, जसले मानव चेतनालाई “अझै चाहियो” भन्ने असन्तुष्ट मानसिकतामा अभ्यस्त बनाइराख्छ।
यही अतृप्तता मानव अशान्तिको मूल कारण बन्न जान्छ। त्यसैले आत्म–संयम, धैर्यता र चेतनात्मक अनुशासनलाई प्रोत्साहित गर्दै, यस्ता प्रवृत्तिहरूलाई क्रमशः निस्तेज बनाउँदै लैजानु आजको अपरिहार्य आवश्यकता हो।
गाैतम बुद्ध (enlightened) ले यो सत्य पचिससय वर्ष अघाडिनै उद्घोष गरेका थिए — “वासना दुश्पूर हुन्छ ” त्यस बेलाकाे स्थानिय पाली भाषाको दुश्पूर शब्दले त्यस अनन्तताको संकेत गर्छ, जुन कहिल्यै पूर्ण (Never ending) हुँदैन -- जति यसलाई तृप्त गर्न खोजिन्छ, त्यति नै तीव्र गतिमा यो चाहना बढ्दै जान्छ। यही अनियन्त्रित प्रवृत्तिले — विश्वलाई असन्तुलित गर्दै अशान्ति र अन्ततः पतन तर्फ धकेल्दै लान मुख्य भुमिका निभाई रहेको हुन्छ।
भाैतिक उपलब्धि र आन्तरिक सन्तुलन
विश्वका मानवहरू — जति बाह्य उपलब्धि र भौतिक प्रगतितर्फ अघि बढ्दै गएका छन्, त्यतिनै उनीहरू आफ्नै आन्तरिक सन्तुलन र केन्द्र (center) बाट टाढिँदै गईरहेका छन्। अन्ततः यस्तो एकपक्षीय उन्नतिले स्थायी र सुखद परिणाम दिन सक्दैन — यस विचलनको मूल कारण वासना नै हो—जुन केवल इन्द्रियहरूको तृप्तिमा मात्र सीमित नरही मन, बुद्धि र चेतना सम्म पनि आफ्नो प्रभाव विस्तार गर्दै लैजान्छ।
आज विश्वका मानवहरूले भोगिरहेको भयावह अवस्थाको मुख्य कारण प्राविधिगत (Technology) भन्दा मानसिक असन्तुलन र नैतिक आचरणको अवनति हो। यदि यी मानवीय प्रवृत्ति र कमजोरीहरू लाई समयमै सच्याउन सकिएन भने, मानवहरूको पतन र सम्भावित विनाशलाई रोक्न कुनै पनि शक्ति वा तागत सक्षम रहने सम्भावना अत्यन्त क्षीण बन्दै गईरहेकाे छ।
विश्वका केही ब्यक्ती र समूहहरू द्वारा सञ्चालित अनावश्यक र नकारात्मक तवरकाे मानव बिराेधि वासनाको शृङ्खलाले पृथ्वीका सम्पूर्ण बासिन्दाहरू लाई नै असहज, असुरक्षित र भयभित बनाउने कार्य गरिरहेको छ।
वासनात्मक हिंसा र विनाशको छायाँ
वासना जब व्यक्तिगत स्तरबाट उठेर सामूहिक र राजनीतिक स्वरूप धारण गर्छ, तब त्यो सत्ता, प्रभुत्व र वर्चस्वको अतृप्त चाहनामा परिणत हुन्छ। यही इच्छा र चाहनाले राष्ट्रहरूलाई अन्धाधुन्ध हतियार प्रतिस्पर्धामा फसाउँछ र विश्वका राष्ट्रहरूलाई युद्धको किनारामा उभ्याउने कार्य गर्दछ। यस्तो कार्यले कहिलेकहि जिद्दि स्वभावको महत्वाकांक्षी तानाशाही ब्यक्तीहरुको उदय पनि हुनेगरेकाे पाईएकाे छ। येस्तो व्यक्तिहरूले परिस्थिति को फाईदा उठाउदै वरिपरिकाे बाताबरणलाई भावनामा बहकाएर आफ्नो उल्लु सिधा गर्ने गरेकाे पाइन्छ ।
आज परमाणु युद्धको खतरा केवल राजनीतिक समस्या मात्र नभएर सभ्यतागत रुपमा विश्वका आम मानवहरू कै बिनाशको सूचक बनिसकेको छ। विडम्बना के छ भने, यस यथार्थलाई विश्वका थाेरै संवेदनशील मानिसहरूले मात्र याे खतराकाे महसुस गरिरहेका हुन सक्छ — अधिकांश विश्वका मानव अझै पनि यस भयावह सत्य प्रति अनभिज्ञ र उदासीन रहेकाे महसुस हुन्छ।
पहिलाे र दोस्रो विश्वयुद्धहरू यस तथ्यका साक्षी हुन् कि मानवता एक अर्कासँग अस्तीत्वगत रूपमा गहिरो अन्तर्सम्बन्ध रहेको हुन्छ। नत्रभए — यस्तो सानाेतिनाे र सीमित कारणहरु बाट उत्पन्न विषयहरुलाई लिएर करोडौँ मानिसहरूको युद्धमा अकाल मृत्यु सम्भव हुने थिएन।
मानव इतिहासको सबैभन्दा ठूलो त्रासदीहरू मध्ये हतियारलाई जबसम्म राजनीति समाधानको लागि अग्रपंक्तिमा राखेर समस्यालाई समाधानकाे माध्यम बनाइन्छ, तबसम्म बिस्वशान्तिको कल्पना अपूर्ण नै रहनेछ। हतियारकाे राजनितिले विश्वका मानवहरु बिच भावनात्मक दुरि बढाउदै लैजाने कार्य मात्र गरिरहेकाे हुन्छ — जस्को अन्तिम परिणाम युद्ध नै हुन पुग्दछ।
गलत मार्ग हिँडेर कहिल्यै सही गन्तव्य (Right destination) सम्म पुग्न सम्भब हुदैन। जस्तो कि गम्भीर रोगमा केवल पीडानाशक औषधि मात्र पर्याप्त हुँदैन, त्यसैगरी विश्वव्यापी सङ्कटका लागि केवल सैन्य सन्तुलन वा शक्ति–प्रदर्शन मात्र पर्याप्त छैन। आज आवश्यकता छ मूल कारणहरूको उपचारको, न कि केवल लक्षण दबाउने उपायको।
‘एकविश्व’ को अवधारणा – चेतनाको उत्कर्ष
विश्वको गहिरिदै गईरहेकाे सङ्कटको समाधान कुनै एक राष्ट्र, वा संस्था सँग मात्र सीमित रहेकाे छैन। यस्को समाधान मानव चेतनाको विस्तार र स्थिती सङ पनि संबंधित रहेकाेछ।
एक विश्व (One World) को एकिकृत अवधारणा राजनीतिक प्रस्ताव मात्र होइन, बरु मानव एकताको आह्वान पनि हो — जहाँ विविधता होस्, तर वैमनस्यता नहोस्—एक ले अर्काको अस्तित्व लाई स्वीकार गर्न सकोस। यो आधारभूत सुत्रलाई सबैले आत्मासात गर्न सकेमा मात्र वास्तविक बिस्वशान्ति को भुमिका बन्दैजान सम्भब हुनेछ।
मानव सभ्यताको आधारभुत आवश्यकता भनेकै पारस्परिक विश्वास, सह–अस्तित्व र करुणामा आधारित रहेको भएता पनि अहिले आएर यही आधारकाे जग ( foundation ) नै कमजोर हुँदै धर्मराउन खाेजेको महसुुस हुँदै गईरहेकाे छ।
अस्तित्वको गहिराईमा सम्पुर्ण मानवहरू केवल भावनात्मक रूपमा मात्र होइन, जीवनका कैयन आधारभूत आवश्यकताहरूमा समेत एक अर्का प्रती निर्भरता रहेका हुन्छन्। यस सत्यको उपेक्षा नै सबै विश्वव्यापी सङ्कटहरूको मुख्य कारण हो भन्दा फरक पर्ने छैन।
इतिहास र भविष्यको पुकार
विनाशकारी हतियारहरूको निरन्तर वृद्धि र बिस्तार लाई विकाशको संकेत मान्न सकिदैन। यो त मानव चेतना र विवेकको क्षय हुँदै गएको प्रमाण हो। अब पनि मानबजातिले निर्णायक र सटिक समाधान खोज्न ढिला गरेकाे खण्डमा, बिस्वका सम्पूर्ण जीवहरू र यस सृष्टिजगतको भविष्य गम्भीर संकटमा पर्न जाने निश्चित छ।
एनी ज्याकबसनले आफ्नो पुस्तक “Nuclear War” मा चेतावनी दिएकी छन् कि परमाणु युद्ध सुरू भएकाे खण्डमा केही मिनेट भित्रै अरबौँ मानवकाे जीवन लिला समाप्त हुनेछ। यो कथन विज्ञानकाे यथार्थमा आधारित रहेकाे बिस्लेषण मान्न सकिन्छ।
अकाल मृत्युकाे बारेमा शास्त्रको मत अनुशार पनि बाकि रहेको सहज मृत्यु (बाच्नु पर्ने समय) सम्म प्रेतात्मा भएर यहि पृथ्वीमा भड्किनु पर्ने र त्यस्तो अवस्थामा धेरै कष्टकर स्थितिकाे सामना गर्नु पर्ने कुराकाे उल्लेख गरेको छ।
विश्व रङमन्चमा समय–समयमा सनकी र तानाशाही प्रवृत्तिका मानिसहरू — उदय र पतन भएकाे पनि देखिएकाे छ। अबहुने बिस्वयुद्ध विगतझैँ सीमित परिधिकाे मात्र हुनेवाला छैन—यस्ले विश्वका सम्पूर्ण मानव जिवनकाे अस्तित्व माथि नै गम्भीर प्रश्नचिह्न खडा गर्रिदिने अनुमान गरिएकाे छ।
यो समय केवल नीति परिवर्तनको मात्र कुरा होइन, चेतना सुद्धीकरणको समय पनि हो। वासना बाट विवेकतर्फ — हिंसा बाट करुणातर्फ — विभाजन बाट एकत्व (united) तर्फ — बिस्वका मानवहरुको लागि अहिले लाई चाहिने प्रमुख र एकमात्र जरूरि आवश्यकता भनेकाे यहि नै हाे।
परमाणु नैतिकता र संयुक्त राष्ट्र संघको भूमिका
परमाणु हतियारको अस्तित्व केवल सैन्य प्रश्न मात्र होइन; यो गहिरो नैतिक चुनौती पनि हो। अन्तर आत्मा (Nuclear Ethics) को केन्द्रीय प्रश्न यही हो—के यस्तो हतियारको निर्माण, भण्डारण वा प्रयोग कुनै पनि परिस्थितिमा नैतिक रूपमा न्यायोचित ठहरिन सक्छ ? जस्को प्रयोगले सम्पूर्ण मानवता र पृथ्वीमा रहेको जीवन नै समाप्त गर्न सक्षम रहेकाेछ ?
नैतिक पुनर्जागरण र विश्वको संस्थागत सुधार — यो अध्याय यस निष्कर्षमा पुग्दछ कि अन्तहीन वासनाकाे दाैड, परमाणु हतियारकाे वृद्धि र संस्थागत निष्क्रियताले मानवतालाई विनाशको दिशा तर्फ धकेलिरहेकाेछ।
विश्वका मानवहरुको सामु अब उत्तरदायित्व र जिम्मेवारी बाहेक अन्य विकल्प बाँकी रहेकाे देखिन्दैन।
सयुक्त राष्ट्र संघ ( UNO ) को भूमिका
No 1. संयुक्त राष्ट्र संघको स्थापना विश्व–शान्ति, मानव–मर्यादा र अन्तर्राष्ट्रिय सहकार्यलाई संस्थागत बनाउने उद्देश्य सहित गरिएको भएता पनि विश्वमा देखिएका व्यापक युद्ध–तयारी, प्राविधिक सैन्यकरण तथा शक्ति केन्द्रित कूटनीतिक प्रतिस्पर्धाले गर्दा संयुक्त राष्ट्र संघको भूमिकालाई पुनःमूल्यांकन गर्नु पर्ने बाध्यात्मक परिस्थिति नआउला भन्न पनि सकिन्दैन।
यहाँ प्रश्न उठछ—के विश्वका राष्ट्रहरु एक आपसमा लडने भिडने र असान्ती बढदै जाने क्रियाकलापहरुको वास्तविक कारणको पहिचान गर्न असमर्थ रहेको हाे वा — जानाजानि यस्तो संबेदनसिल बिषयलाई बेवास्ता गरिएको हो ? यस विश्लेषणले यही मुख्य जिज्ञासा लाई केन्द्रमा राख्दछ।
No 2. शहरी क्षेत्रमा युद्ध प्रतिबन्धको आवश्यकता
यस अनुसन्धानको मूल तर्क यस्तो छ कि : जबसम्म विश्व समुदाय वा UNO ले राष्ट्रहरु बीच युद्ध रोक्ने प्रभावकारी उपाय प्राप्त नगरुन्जेल बाध्यतावश युद्ध हुने परिस्थिति उत्पन्न भएको खण्डमा — शहरी क्षेत्रलाई पूर्ण रूपमा युद्ध–मुक्त क्षेत्र (War-Free Zones) घोषित गर्न आवश्यक छ।
यस्तो कार्यले नागरिक सुरक्षाको मूलभुत शिद्धान्त लाई मजबुत बनाउँने मात्र हैन — शहरी क्षेत्रमा राजनीतिक नेतृत्व, नागरिक जनसंख्या र सैनिकहरू का परिवारहरू रहने भएकाले त्यस्ता स्थानमा युद्ध सञ्चालन — नैतिक, कानुनी र मानवीय दृष्टिले अनुपयुक्त र अस्वीकार्य बनाईनु पर्छ।
द्वन्द्वग्रस्त क्षेत्र (Conflict Zones) को अवधारणा
सम्भव भएसम्म UNO ले मरूभूमि, अमेजोन वा अफ्रिकाकाे विशाल जंगलहरू जस्ता जनसंख्याहीन स्थानहरू लाई सीमित, अस्थायी युद्ध–क्षेत्रको रूपमा तोक्ने प्रस्ताव पारित गर्न आवश्यक देखिन्छ। यस्ले युद्ध–हानिलाई न्यून बनाउने मात्र होइन, युद्धलाई राजनीतिक उपकरणको रूपमा प्रयोग गर्ने प्रवृत्तिमा पनि नियन्त्रण ल्याउन मद्दत गर्दछ।
संयुक्त राष्ट्र संघ (UNO) को स्थापना अन्तर्राष्ट्रिय शान्ति, सामूहिक सुरक्षा र मानव अस्तित्वको संरक्षणका लागि गरिएको भएता पनि वर्तमान विश्व व्यवस्थामा — विशेषतः सुरक्षा परिषद् (UNSC) को संरचनाले परमाणु हतियार सम्पन्न राष्ट्रहरूलाई अप्रतक्ष वैधता प्रदान गरेको महसुस हुन्छ।
येस्तो कार्यले बिस्वको शक्ति–सन्तुलनलाई अझ गम्भीर असर पारिराखेकाे हुन्छ। यस्तो कार्य बहुसंख्यक मानवताकाे हितमा हुन सक्दैन। येस्ले कुनै दिन विश्व सामु बिकराल स्थिती श्रिजना गरिदिनेछ।
3 UNO मा स्थायी सदस्य राष्ट्रहरूको विरोधाभाष
बिश्वका मानवहरूको सर्बोपरी हित गर्ने उदेश्यले स्थापना गरिएको यो संस्धाको आधारभूत दायित्व विश्व–शान्ति हो तर विडम्बना यसमा निहित छ कि, सुरक्षा परिषद (UNSC) का स्थायी सदस्य राष्ट्रहरू नै विश्वका सबैभन्दा ठूलो हथियार उत्पादक रहेकाे तथ्यांकले पनि देखाएको छ।
उनिहरू एकआपसमा अविश्वास, शक्ति सङ्घर्स राजनीति, र रणनीतिक प्रतिस्पर्धाले सशस्त्रीकरण लाई अझ उकासेको अवस्था देखिन्छ । अहिलेकाे विश्व परिस्थीती यसरी अघाडि बढिरहेकाेछ कि, कहि न कहि कुनै बहानामा युद्ध हुने वातावरण श्रीजना भई नै रहेकाे हुन्छ।
जबसम्म विश्वका मानवहरू भावनात्मक रूपमा एकात्मक ( united ) हुने प्रयास गरेर पुरानेा ब्यबस्था, ढाँचा र शैलिलाई बदल्ने प्रयास गर्दैनन तबसम्म यो समस्या अझ निरन्तर बढदै गएर बिकराल स्थिती बन्दैजाने निश्चित छ।
निसस्त्रीकरणलाई प्राथमिकता दिनु अनिवार्य
यदि विश्व–शान्तिलाई दीर्घकालीन र स्थायी रूपमा स्थापित गर्ने चाहना छ भने सर्वप्रथम—संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरूले उदाहरण प्रस्तुत गरेर निरस्त्रीकरणको प्रक्रिया सुरु गर्नुपर्ने हाे । त्यसपछि मात्र अन्य राष्ट्रहरूलाई नैतिक दबाब सिर्जना गर्ने अधिकार र वैधता प्राप्त हुन्छ। जबसम्म यस्तो पहल हुँदैन, तबसम्म विश्वमा स्थायी र दिगो शान्तिको सम्भावना अत्यन्त न्यून नै रहनेछ।
संयुक्त राष्ट्रसंघ स्थापना हुँदा विश्व क्रमशः थप सुरक्षित, सन्तुलित र शान्तिपूर्ण दिशातर्फ अघि बढ्ने अपेक्षा राखिएकाे थियो। तर वर्तमान विश्व परिदृश्य लाइ मनन गरेर हेर्दा अधिकांश बिस्व मानव समाज असुरक्षा, सैन्य प्रतिस्पर्धा, पारस्परिक अविश्वास र भयतर्फ उन्मुख भएको देखिन्छ।
यस सन्दर्भमा स्वाभाविक रूपमा प्रश्नहरू उठने गरेकाे छ ; — के संयुक्त राष्ट्रसंघका विधि–विधान र निर्णय प्रक्रियाहरूमा नै कुनै मौलिक संरचनात्मक त्रुटिहरु त रहेकाे छैन ?
यद्यपि संयुक्त राष्ट्रसंघका केही कार्यहरू प्रशंसनीय छन्, तथापि सम्पूर्ण मानवताका लागि अत्यन्त आवश्यक विषयहरू—युद्ध सामग्री लगायत, हतियार प्रतिस्पर्धामा नियन्त्रण तथा सैन्य रणनीतिहरूको नियमनमा — यस्को भूमिका अपेक्षाकृत सीमित रहेकाे जस्तो देखिन्छ।
वर्तमान असहज अवस्था उत्पन्न हुनुकाे बारेमा विश्वले भोगिरहनु परेकाे स्थितीको बारेमा एकदिन विश्व जनमत समक्ष सन्तोषजनक उत्तर दिनु पर्ने दिन नआउला भन्न पनि सकिने स्थिती छैन, किनकि यो सम्पूर्ण मानवहरुको जीवन–मरण र अकाल मृत्युको जोखिम सँग प्रत्यक्ष सराेकार राख्ने अत्यन्त गम्भीर र संवेदनशील बिषय बनिसकेको छ।
विश्वयुद्ध र मानवीय अन्तर्सम्बन्ध
अहिले परमाणु युद्धको खतरा अब केवल सैद्धान्तिक आशङ्कामा मात्र सिमित रहेन; यो एक संरचनात्मक यथार्थ (Structural Reality) का रूपमा उपस्थित भइसकेको छ। यसका बाबजुद पनि विश्वको ठूलो जनसंख्या या त यस विषय प्रति अनभिज्ञ छ, वा असहायता र उदासीनताका साथ जीवन बिताइरहेको अवस्था हो।
यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघ तथा विश्वव्यापी शैक्षिक संस्थाहरूको दायित्व अझ गम्भीर रहन जान्छ—जनचेतना र जनजागरणलाई व्यापक, प्रभावकारी र गहिरो रूपमा अघि बढाउने सम्बन्धी गहिराे चासाे लिन आवस्यक देखिन्छ।
परम्परागत सुरक्षा–सोच र मानव अस्तित्वको ढाँचा
जबसम्म हतियारलाई नै विश्व समस्याको मुख्य समाधान ठान्ने परम्परागत सोच विद्यमान रहन्छ, तबसम्म स्थायी विश्व–शान्ति सम्भव हुन सक्दैन।
“जति धेरै हतियारको संग्रह— त्यति नै बढी शान्ति र सुरक्षा” को — मानसिकता इतिहासले पटक–पटक भ्रमपूर्ण र असत्य सावित गरिसकेको बिषय हाे।
मानव अस्तित्वको रक्षा केवल निम्न आधारहरूमा मात्र सम्भव छ;
— विश्वको नैतिक उत्तरदायित्व
— पारस्परिक निर्भरता
— मानव–केन्द्रित सुरक्षा नीति
— संस्थागत निरस्त्रीकरण
— साझा बिस्व शासन (Global Governance)
यस सन्दर्भमा “One World” को अवधारणा कुनै आदर्शवादी कल्पना मात्र नभई आजको समयको एक अस्तित्वगत आवश्यकता बनिसकेको छ।
आत्मसाक्षात्कार व्यक्तित्व र नीति–निर्माण
परम–सत्यको अविरल यात्रामा अग्रसर व्यक्तिहरू प्रायः व्यक्तिगत रूपमा राजनीतिक संरचनाबाट दूरी कायम राख्न रुचाउँछन्। वास्तविक सच्चा साधक (True Seeker) आफ्नो अन्तिम लक्ष्य प्राप्त नहुँदासम्म कुनै मध्यवर्ती मोह, आकर्षण वा सत्ताको प्रलोभनमा अल्झिन चाहँदैन।
त्यसैले उनीहरू राजनीतिक प्रभाव, पद वा प्रतिष्ठा भन्दा पनि परमसत्यकाे अनुभूति गर्ने यात्रालाई नै प्रार्थमिक्ता दिन चाहन्छन्। उनिहरूकाे परम लक्ष मुक्तिधाम प्राप्त गर्नु हो। धार्मिक मान्यता अनुसार त्यहाँ पुग्ने स्थिती निर्माण गर्न सकिएमा सम्पुर्ण समस्याहरू को समाधान हुन्छ भन्ने मान्यता रहेकाे पाईन्छ।
तर यहाँ एउटा गम्भीर प्रश्न खडा हुन्छ — यदि यस्ता आत्मसाक्षात्कार, सत्यनिष्ठ र परम सत्यमा पुग्न कोशिस गरिरहेका व्यक्तित्वहरू लाई — संयुक्त राष्ट्रसंघ जस्ताे विश्वस्तरीय संस्थाहरूको महत्त्वपूर्ण भूमिकामा स्थापित गर्न सकिएकाे खण्डमा विश्व शान्तिको आकांक्षा केही हदसम्म सफल हुन सक्ने थियाेे कि ?
परम–सत्यको निकटतिर पुग्न खोज्ने व्यक्तिहरूको हृदय र चेतना वर्तमान विश्व परिस्थितिलाई देखेर स्वाभाविक रूपमा करुणाले भरिएको हुनु पर्ने हो। उनीहरूको दृष्टि सीमित राष्ट्रिय स्वार्थ भन्दा पर, समग्र मानवताको कल्याणकाे लागि समर्पित रहेकाे हुन्छ।
विश्वमा चलिरहेकाे — नीतिगत चेतनाको रूपान्तरण
विश्वकै प्रतिष्ठित संस्था संयुक्त राष्ट्रसंघ जस्तो गरिमामय सस्थामा — गहिरो चेतनशील, दूरदर्शी र नैतिक दृढता भएका व्यक्तित्वहरूको उपस्थिति नदेखिनु — विश्व परिस्थिति समयानुकूल रूपान्तरण हुन नसक्नुको प्रमुख कारणको रुपमा लिन सकिन्छ।
केवल हतियारको संग्रह ले मात्र पनि विश्वको भू–राजनीति र शक्ति–सन्तुलनको गठबन्धनको प्रयासले मात्र वास्तविक समस्याहरूको समाधान दिन सक्दैन; बरु यसले दीर्घकालमा थप जटिलता र अस्थिरता निम्त्याउने सम्भावना बढी हुन्छ।
वास्तविक (authentic) र गहिरो चेतनशील व्यक्तित्वको पहिचान गर्नु भौतिक दृस्टी रहेको हेराई बाट सहज कार्य नहुन सक्छ किनकि याे धर्तिमा आध्यात्मिक आवरण ओढेर हिँड्नेहरूको संख्या पनि कम छैन। कदाचित् त्यस्ता सच्चा व्यक्तित्वहरू सन्जोगबस भेटिहालियाे भनेपनि, राजनीतिक बृतमा उनीहरूलाई स्थान दिन र उनीहरूको बिचार , दृष्टि र भावनालाई सम्मानपूर्वक ग्रहण गर्न मानसिक तथा संरचनागत अवरोधहरूले बाधा पुर्याउन सक्दछ।
त्यस्ता चेतनशील व्यक्तित्वहरूको अन्तर्ज्ञानबाट उत्पन्न प्रज्ञा, विचार र करुणामय भावनालाई UNO का सदस्यहरूले सहज रूपमा लिन सक्ने संभावना तत्कालको स्थितिमा न्युन रहेकाे देखिन्छ। प्रचलित शक्ति–केन्द्रित संरचनासँग चेतनाकाे उच्च स्थितीमा पुगेकाहरूकाे दृष्टिकोण र भावनाहरू विपरीत ध्रुव (opposite polar) मा उभिएकाे प्रतीत हुनु स्वभाबीकै लाग्छ किनकि शान्ति र युद्ध को मनस्थिति बिपरित धुर्ब हुन।
युद्धको मानसिकता बाेकेर हिडनेहरूले युद्ध बाट नै शान्तिको असफल प्रयास गरिरहेकाे हुन्छ। युद्धबाट प्राप्त भएकाे युद्ध बिरब बाट प्राप्त शान्ति स्थाइ शान्ति हैन—त्योत अर्को युद्धको तैयारिकाे लागि विश्राम र हतियार जुटाउने समय मात्र हाे।
युद्ध मानव मनको उपज हाे — जब सम्म यस्लाइ जराबाट उखलेर फालिदैन तब सम्म यस्लाइ निर्मुल गर्न सकिने अवस्था हुदैन — अत युद्ध मानबहरुको अभिन्न परम्परा बसिसकेकाे छ। येस्लाइ निर्मुल गर्न विशेष ब्यबस्थाको आवस्यक ब्यबस्था मिलाउन जरूरि पर्छ। तथापि, इतिहासले देखाएको छ—सत्य र विवेकको प्रकाश अन्ततः मार्गदर्शक बन्न सक्दछ।
विश्व नीति–निर्माणमा आध्यात्मिक शक्तिको भुमिका
जबसम्म भौतिक र आध्यात्मिक विचारधारालाई समानान्तर रूपमा अघि बढाएर लैजाने व्यवस्था गर्न सकिन्दैन तबसम्म बिस्वमा स्थायी शान्ति सन्तुलन कायम रहन सक्ने सम्भावना देखिन्दैन। केवल भौतिक उन्नतिले मात्र मानव जीवनलाई पूर्णता दिन सक्दैन। चेतनाको परिमार्जन, नैतिक आधारको सुदृढीकरण र करुणाको संवर्धन विना विश्वमा स्थाइ शान्ति सम्भव हुँदैन।
अन्ततः, विश्व–व्यवस्थाको रूपान्तरणको मूल आधार बाह्य संरचना मात्र होइन—मानव चेतनाको स्तर पनि हो। जबसम्म नीति–निर्माणमा आध्यात्मिक दृष्टि, सार्वभौमिक उत्तरदायित्व र करुणामय संवेदनशीलता समावेश हुँदैन, तबसम्म स्थायी शान्ति केवल आदर्शको विषय बनेर रहनेछ।
विश्व–चेतना र भबिस्यको जोखिम
मानवले बाह्य संसारलाई व्यवस्थित र नियन्त्रित गर्न उल्लेखनीय सफलता प्राप्त गरेता पनि आफ्नै आन्तरिक संसारलाई भने अनुशासित र परिष्कृत गर्न पर्याप्त महत्त्व दिन सकेन। प्रत्येक व्यक्तिको मनभित्र एउटा स्वतन्त्र आन्तरिक जगत् विद्यमान हुन्छ, जसले उसको दृष्टिकोण, निर्णय र व्यवहारलाई निर्देशित गरिरहेको हुन्छ।
वास्तवमा, बाह्य संसार आन्तरिक अवस्थाको नै विस्तारित प्रतिबिम्ब हो। मनको गुणस्तर, चेतनाको दिशा र नैतिक संवेदनशीलताको स्तरले नै बाह्य यथार्थ निर्माण गर्छ। असन्तुलित मनहरू सामूहिक रूपमा सक्रिय हुँदा त्यसको प्रभाव सम्पूर्ण सभ्यताको दिशाहीनता र सम्भावित पतनको आधार बन्न सक्छ।
क्षमता अनुशार मानव मनका सूक्ष्म तरङ्गहरूले सामाजिक संरचना, राजनीतिक प्रणाली र विश्वको वातावरणलाई समेत प्रभावित पार्दछन्। त्यसैले विश्वमा व्याप्त अशान्ति केवल संरचनागत समस्या मात्र होइन; यो मानवहरुको खस्कँदै गएकाे चेतनाको परिणाम पनि हो।
जब साँचो सुख र शान्ति बाह्य उपलब्धि, भौतिक सम्पन्नता वा शक्ति–सन्तुलनमा खोजिन्छ, तब मानव आफ्नै भ्रममा सीमित रहन्छ। वास्तविक शान्ति आत्मचेतनाको जागरणमा निहित रहेकाे हुन्छ। जहाँ इच्छाहरू संयमित हुन्छन्, अहंकार क्षीण हुन्छ र करुणा केन्द्रस्थ हुन्छ।
वर्तमान विश्वको अवस्था
कुनै पक्षी बाक्लो कुहिरोभित्र दिशाहीन अवस्थामा उडिरहेको जस्तो भान भएकाेछ। यो अस्पष्टता बाह्यभन्दा बढी आन्तरिक चेतनाको खस्कदो असन्तुलनबाट उत्पन्न भएको स्थिती हो।
काम, क्रोध, लोभ, राग, ईर्ष्या, द्वेष र अहंकार जस्ता प्रवृत्तिहरू मानव स्वभावका प्राकृतिक अंश हुन्। तर तिनलाई सन्तुलित र सकारात्मक दिशामा सञ्चालन नगर्नु नै वर्तमान विश्व संकटको प्रमुख कारण हो। सृष्टिकर्ताले प्रकृतिको माध्यम बाट — करूणा, दया, संबेदनसिलता र सहानुभूति जस्ता सकारात्मक पक्षहरू पनि प्रदान गरेको छ। मानबहरूमा आउने अनेक उतारचढाबहरू पनि यहि सकारात्मक र नकारात्मक पक्षबाट बनेकाे स्थितीकाे परिणामहरू हुन्।
यदि चेतनाको स्तर उन्नत गराउन नसकिएकाे कारण र भाैतिक प्रगति र संरचनागत विकास मात्रले विश्वलाई सुरक्षित बनाउन सक्ने अवस्था देखिएन। अन्ततः विश्वको भविष्य मानव मनको सामूहिक चेतनाको रूपान्तरणमा निर्भर रहनेछ।
मानव जन्म सँगै प्राप्त इन्द्रियहरू केवल जैविक उपकरण मात्र होइनन्—यी चेतनाका द्वारहरु पनि हुन्। जस्ले ती इन्द्रियहरू सञ्चालन गर्ने सूक्ष्म ‘अदृश्य सफ्टवेयरहरु’ लाई विवेक, सजगता र आत्मबोधका साथ प्रयोग गर्न सक्दछ, त्यसको जीवन यात्रा सफलता तिर उन्मुख हुदै जान्छ।
विश्वको गम्भीर समस्याहरूको समाधान क्रमशः क्षीण हुँदै गइरहेकाे कारणले बिस्व चेतनाको स्तर पनि सकारात्मक दिशातर्फ अग्रसर भइरहेको संकेत देखिँदैन। बिश्व नेतृत्व नीति - निर्णयहरू को अस्थिरता, तीव्र सैन्य अनुसन्धान र बढ्दो असुरक्षाले सम्पूर्ण मानवहरुको भविष्यलाई अझ जोखिमपूर्ण र अनिश्चित बनाइरहेको छ।
विडम्बना यो छ कि बिस्वको अघाेसित संकटको समाधानको नाममा केही राष्ट्रहरू अझै घातक हतियारहरूको अनुसन्धान र निर्माणमा संलग्न छन्। यस्ता कार्य र प्रयासहरू समाधान होइनन्—यी त आफ्नै देश लगायत अन्य राष्ट्रहरुको विनाशलाई आमन्त्रण र प्रोत्साहन गर्ने कार्य मात्र हुन् भन्ने कुरा कसैले पनि बिर्सनु हुदैन।
परमाणु नैतिकता र संयुक्त राष्ट्रसंघको भूमिका
परमाणु हतियारको अस्तित्व केवल सैन्य विषय मात्र होइन; यो एक गम्भीर नैतिक चुनौती पनि हो। परमाणु नैतिकता (Nuclear Ethics) को केन्द्रीय प्रश्न यही हो—के यस्ता हतियारहरूको निर्माण, भण्डारण वा प्रयोग कुनै पनि अवस्थामा नैतिक रूपमा न्यायसंगत ठहरिन सक्छ ? जबकि तिनको गलत प्रयोगले सम्पूर्ण मानव सभ्यता र पृथ्वीमा अवस्थित जीवनको पूर्ण विनाश सम्भव छ ?
समस्या एकातिर छ — उपचार अर्कोतिर गर्न खोज्ने सोचको परिणामले गर्दा अहिलेकाे भयावह अवस्था श्रिजना हुदैगएकाे हो। यी विनाशकारी प्रवृत्तिहरूलाई निष्प्रभाव र अन्त्य गर्ने उपाय गर्न नसके, यो विश्व कुनै पनि समय अकल्पनीय दुर्घटनामा पर्न सक्ने संभावनालाई पनि अस्वीकार गर्न सकिँदैन। अहिले विश्वका मानवहरू सामु कुनै पनि विकल्प बाँकी रहेकाे छैन—उत्तरदायित्व मात्र बाँकी रहेकाेछ।
मानवले विज्ञानको क्षेत्रमा अद्भुत चमत्कारिक प्रगति त हासिल गर्यो, तर विवेक र चेतनाको हिसाबले तुलनात्मकरुपमा पछि परेको महसुस हुन्छ। उस्ले आफैंले सिर्जना गरेको विनाशकारी हतियारको अगाडि निरिह र असहाय बन्दै गईरहेकाे छ। तर बर्तमान बिस्वको यहि अवस्था रहेमा — याे सिलसिला राेकिने संभावना देखिदैन।
जस्ले यो सामुहिक बिनाशकारि हतियारहरूकाे आबिस्कार गर्यो उनिहरूले राम्रै कार्य गरिरहेका छाै भन्ने लागिरहेकाे हुन सक्दछ। उनिहरूलाई चेतना र बिबेकको दृस्टीले कति ठिक वा बेठिककाे ज्ञान दिने र यस्ले दिने दुस्परिणामकाे बारेमा अध्यात्मिक दृस्टी बाट सचेत गराउने सस्थाहरु र गुरुहरु नभएर साथै भबिस्य येस्तो कार्य बाट दुरगामि नकारात्मक परिस्थिति निर्माण हुनगई येस्ले पार्ने दुरगामी भयावह परिणामकाे वास्तानगरि दिनाले विश्वको स्थीति नाजुक बन्दै गईरहेकाे हाे।
येस्तो कार्य लाई निस्तेज बनाउन प्रस्ताव पारित गर्न सक्ने हैसियत प्राप्त निकाय पनि निरीह र नतमस्त बनेर रहने बाताबरणले गर्दा — विश्वको परिस्थिति असन्तुलित हुँदै गईरहेकाे छ। भबिस्यमा येस्तो क्रियाकलापले दिने परिणामले कसैकाे पनि हित गर्ने वाला छैन। लगाम बेगरकाे घाेडा चढनाले दुर्घटना नै निम्त्याउने गर्दछ। प्रकृतीको नियम सबैमा लागू हुन्छ।
आज विश्वका गम्भीर समस्याहरूको समाधानका सम्भावनाहरू क्रमशः क्षीण हुँदै गइरहेका छन्। विश्व नेतृत्वको संकट, नीति–निर्णयमा अस्थिरता, तीव्र सैन्य र रणनिति अनुसन्धान तथा बढ्दो असुरक्षाले सम्पूर्ण मानवताको भविष्य लाई झन् जोखिमपूर्ण र अनिश्चित बनाइरहेको छ।
यस सन्दर्भले एक गम्भीर प्रश्न उठाउँछ—के विश्व मानवताको विवेक र चेतना अधोगति (decline ) को दिशातर्फ उन्मुख हुँदै गइरहेको त छैन? यदि त्यस्तो होइन भने, यस्ता विनाशकारी प्रवृत्तिहरू किन नियन्त्रणमा आउन सकिरहेका छैनन् अर्थात् यो संबेदनसिल विषयलाई प्रार्थमिकताका साथ निस्तेज बनाउने उपायकाे खाेजि किन गरिन्दैन ?
नैतिक पुनर्जागरण र ‘एक विश्व’ को आह्वान
अहिले विश्व सभ्यता एक संवेदनशील मोडमा उभिएकाेछ। भौतिक चाहना र लालसाको अन्धो दौड, आणविक हतियारहरूको तीव्र विस्तार, र विश्वलाई हितगर्ने भनेर खडा भएकाे संस्थाहरूको निष्क्रियताले विश्वका सम्पुर्ण मानवहरुलाई क्रमशः विनाशको दिशातर्फनै धकेलिरहेकाे महसुस भईरहेकाे छ।
अहिलेको विश्व व्यवस्था प्रतिस्पर्धा, वर्चस्व र अहंम केन्द्रित संरचना माथि टिकाएर राखिएको छ। तर इतिहासले प्रमाणित गरिसकेको छ कि भय , असुरक्षा र अहमवादि साेचमा आधारित शान्तिले स्थायीरुप लिन सक्दैन।
हाम्रो स्वीकारोक्ति
मानवहरूले अब करुणा र सहानुभूतिकाे भावनालाई पनि प्रोत्साहित गर्ने खालको क्रियाकलापहरु लाई पनि प्राथमिकतामा राखेमा — बिश्व शान्तिको लागि सहषाेग पुग्ने खालकाे वाबाताबरण श्रीजना हुदैजाने थियाे।
मानव सभ्यताको सुरूवात सङै बिकाशकाे सुरूवाति समयमा मानवहरूकाे मूल्य र मान्यताहरूले केहिहद सम्म मानव सभ्यता लामाे समय सम्म सकारात्मक नै देखिएता पनि बिकाशकाे तीब्रगति सङै बिनाश काे गतिले पनि तीव्रता पाउनुकाे कारण बाट अहिलेको स्थिती कमजाेर र नाजुक हुँदै गईरहेकाे महसुस हुदैछ।
चेतनाकाे हिसाबमा बुद्ध (Awakened) र तानाशाह (Dictator) लाई तुलनात्मक दृस्टीले मुल्यांकन गरेर हेर्दा दुबैकाे मानसिकदसा बिपरित ध्रुब (opposite polar) तिर यात्रा गरिरहेकाे देखिनु स्वभाबीकै लाग्छ। बुद्ध (Enlightened) हरूले संसारलाई दिने र छाेडेर गएकाे सकारात्मक ज्ञान र अनुभूति र तानाशाहहरूले दिने पिडादायक अनुभव फरक रहेकाे हुन्छ।
बुद्ध को चेतना ले छाेएकाे शिखर र तानाशाहहरू ले बासना र तृष्णाकाे चाहना बाट उत्पन्न गर्ने गरेकाे मानव बिराेधि गतिविधि र महत्वाकांक्षा बढेर ओरालो लागेकाे चेतनाका—बिपरित दिशा तिरकाे फरक जीवनकाे यात्रा हुन। एउटाले शाश्वत(permanent) आनन्द प्राप्त अनुभूति गरिरहेकाे हुन्छ भने अर्कोले त्यस्को बिपरित स्थिती भोग्ने तैयारि गरिरहेकाे हुन्छ। मानबले प्रकृति बाट पाउने सुबिधा एकै प्रकारको रहने भएता पनि — एउटाले स्वर्गीय आनन्द प्राप्तिको मार्ग पहिल्याउने कोशिस गर्द्छ भने अर्कोले नर्कको बाटेा लाग्ने तरखर गरिरहेकाे हुन्छ।
विश्वको राजनीति अहिले एस्तो दुस्चक्रमा फसेकाे आभाष हुदैछ — जहाँ असुरक्षाका छालहरू उठिरहेको सजिलै अनुमान गर्न सकिन्छ। यस्लाइ चेतनाको हिसाबले विश्वको परिस्थिति सकारात्मक बाटो तिर अघाडि बढदै गईरहेको मान्न सकिने अवस्था छैन।
सामान्यतया इन्द्रिय चलाउने प्राकृतिक सफ्टवोयेर (software) हरूकाे दुरूपयाेगले मानवहरू बिस्तारै पराजित हुँदै — चेतनाको स्तर पनि खस्कन्दै जानाले त्यस्लाइ समाधान गर्न भनेर रक्षा र प्रतिरक्षाको बहानामा अझ तीब्र गतिमा हतियारकाे निर्माण, अनुसंधान र संग्रहले बढाउदै लगिरहेकाे त्रास र असुरक्षाले विश्वका मानवहरूकाे चेतनाकाे स्थिती अझ दुर्बल बन्दै जानथालिरहेकाे छ।
यी प्राकृतिक ‘सफ्टवेयर’ हरूलाई असन्तुलित र अनियन्त्रित रूपमा चलाइयो भने, मानव सभ्यताले गम्भीर संकटको सामना गर्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन। बिस्वका मानवहरूले अतित (past) मा गरेकाे कर्मको फल भोग्ने क्रम पनि जारिरहेकाेछ।
(दोस्रो भाग – Second Part)
विश्व इतिहासको सबैभन्दा खराब परिस्थिति
युद्ध एउटा यस्तो खेलहाे जस्को एउटै मात्र उदेश्य बिपक्षका मानिसहरूलाई सखाप पारेर जीतको आकांक्षा राखिएकाे हुन्छ — मानिसहरूकाे नरसंहार पछि प्राप्त हुने जीतले पनि युद्ध संचालनकर्ताहरू लाई वास्तविक सुख भने दिन सक्दैन—प्रकृतिको नियम बिपरित कार्य गर्नेहरु कुनै पनि स्थितीमा शान्त रहन सक्दैन।
यदि वर्तमान परमाणु हतियार–आधारित विश्वकाे व्यवस्थालाई शीघ्र ब्यबस्थापन गर्न सकिएनभने, मानव इतिहासको दुर्भाग्यका दिनहरू नजिकिदै गएकाे संकेतकोरूपमा लिन सकिन्छ — घातक हतियारहरूको वृद्धि कुनै पनि अर्थमा सभ्यता र प्रगतिको लक्षण मानिन्दैन। याे त मानव चेतनाकाे अवनतिकाे मार्ग तिर लागेकाे संकेत हो। i
घातक हतियारकाे निर्माण कार्य गर्दा अन्य राष्ट्रहरूले पनि यसरिनै हतियार निर्माण गरेर कसैकाे विरुद्ध पनि प्रयोग गर्न सक्छ भन्ने महसुस हतियार डिजाईन गर्ने र निर्माण गर्नेहरु लाई पनि राम्रोसँग ज्ञान रहेकै हुनु पर्ने हो — तर फेरि पनि उहीँ हतियारकाे नयाँ अनुसंधान , आबिस्कार र संग्रह लाई नै प्रोत्साहन गर्रिरहनु — कति सहि र कति गलत त्यो समयले नै बताउनेछ।
विकासको तीव्र प्रतिस्पर्धा र रक्षा - व्ययको निरन्तर वृद्धिले यो संकेत गर्दछ कि विश्व अर्थतन्त्र एक असन्तुलित दिशातर्फ अघाडि बढ्दै गएको छ। जब कुनै राष्ट्रले आफ्नो GDP (Gross Domestic Product) को ठूलो अंश रक्षा र प्रतीरक्षा तैयारीकै लागि खर्च गर्दछ, तब मानव ऊपयोगि कार्य सहित — ज्ञानबर्धक शिक्षा, स्वास्थ्य, जलवायु सुरक्षा आदि जस्ता आधारभुत मानव उपयाेगि कार्यको लागि आवश्यक स्रोत र साधनहरू स्वतः सीमित हुँदै जान्छन्।
विश्व मानव समाजको औसत कर्म (good and bad deeds) सामूहिक चेतना नकारात्मक स्तरको एक निश्चित बिन्दु सम्म झर्दा, प्राकृतिक तवरले नै द्वन्द्व, असन्तुलन र युद्धको उत्पत्ति स्वतः सक्रिय हुने हुनाले हरेक देशकाे पालेा (turn) पनि प्राकृतिक रुपमा तैयार हुँदै गरेकाे नहाेला भन्न सकिन्न ।
यो लेखले बिस्वमा रहेका सम्पुर्ण मानवता विरोधी गतिविधिहरू प्रति जनचेतना जगाउन साथै विश्वलाई संकटपूर्ण अवस्थाकाे खोज एवं अनुसन्धानमा सहज बाताबरणको भुमिका बनाउदैलान सहयाेग पुर्याउने बिश्वास राखिन्छ !
विश्व अब केवल भौतिकवादको दृष्टिमा मात्र अडिक रहने अवस्था छैन। सर्व–मानव भावना, सार्वभौमिक मैत्रीभाव, आध्यात्मिक चेतना र सह–अस्तित्वका मूल्यहरूलाई पनि विश्वको नीति-निर्माण मा संस्थागत गर्न आवश्यक छ।
विश्व चेतना र मानव सभ्यताको निर्णायक मोड
विश्वका अधिकांश मानिसहरू प्रकृतिद्वारा प्रदान गरिएकाे आन्तरिक ‘सफ्टवेयर’ हरू मध्ये अहम् (Ego) लाई नै कसरी अझ विस्तार गर्न सकिन्छ भन्ने प्रतिस्पर्धात्मक खेललाई जीवनको मूल मन्त्र र सिद्धान्त बनाउँदै अघि बढिरहेका देखिन्छन्।
राजनीति, अर्थतन्त्र, शिक्षा तथा अन्य विश्वव्यापी प्रतिस्पर्धात्मक संरचनाहरू प्रायः हरेक क्षेत्रमा यही अहम्–केन्द्रित प्रतिस्पर्धालाई संस्थागत रूपमा प्रोत्साहन गरिरहेका छन्। फलस्वरूप, आजको विश्व अवस्था क्रमशः जटिल, अस्थिर र अन्ततः विस्फोटक चरणमा पुगेको छ।
धेरै समय अघाडि देखि स्थापित परम्परागत प्रणालीहरू अधिकांस मानवहरुले अहम्–केन्द्रित सोचमा आधारित रहँदै आएका प्रणालीहरु लाई बिकसित गर्दै — यही साेच र संरचनालाई नै मजबुत बमाउदै अघाडि बढन खोज्दै गएकाे कारणले पनि—विश्वको स्थिती नाजुक माेडमा पुगेकाे हाे।
चेतना (conscious) र बुद्धि(wisdom)मा भिन्नता
अधिकांस मानवहरु बुद्धि र चेतना लाई एउटै रूपमा लिने गरेकाे भएत्तापनि यी दुबै मानब मनसङ घनिष्ठ सम्बन्धित बिषय रहेकाे भएता पनि यस्को अर्थ भिन्न रहेकाे छ। दुबै उस्तै जस्तो लागे ता परिभाषा बिल्कुलै फरक रहकाे छ।
बुद्धि बाहिरि ज्ञान अर्थात् सुचनामुलक जानकारि (information) शिक्षा दिक्षा सँग सम्बन्धित रहेकाे हुन्छ; तर चेतना मानवका आन्तरिक —काम, क्रोध, लोभ, ईर्ष्या, द्वेष, घृणा र अहंकार—तथा दया, प्रेम र सहानुभूति जस्ता प्राकृतिक सम्रचना र देनसँग सम्बन्ध रहेकाे हुन्छ।
युद्धले दिने परिणाम कहिल्यै पनि सकारात्मक हुन सक्दैन। नरसंहार पछि प्राप्तहुने विजयले कसैलाई पनि सन्तोष दिन भने सक्दैन। परमाणु हतियारमा आधारित विश्व व्यवस्थालाई समयमै व्यवस्थापन गरिएन भने मानव इतिहासका सबैभन्दा दुर्भाग्यपूर्ण दिनहरू नजिकिदै गईरहेकाे धेरैले महसुस गरिरहेका छन्।
विश्व अब केवल भौतिकवादमा मात्र अडिक नराखेर बिस्व मैत्रीभाव, सह–अस्तित्व, आध्यात्मिक चेतना र सर्व–मानव हितलाई नीतिगत रूपमा संस्थागत गर्न आवश्यक भइसकेको छ।
सार तत्व
विश्वका सम्पूर्ण प्राणी एकै सार्वभौमिक चेतना (ईश्वर) का अंश हुन्। जबसम्म मानव जातिले “यहाँ कोही पराइ छैन” भन्ने चेतना र भावना विकास गर्न सक्दैन, तबसम्म विश्व–शान्तिको कल्पना क्रमशः टाढिँदै जान्छ।
बिस्वका मानब चिन्तन र वर्तमान –परिस्थिति
असन्तुलित विश्व परिस्थितिहरूले कुनै पनि क्षण गम्भीर संकट उत्पन्न गर्न सक्छन्।
यसै कारण आज नयाँ वैश्विक चिन्तनको आवश्यकता अत्यन्त तीव्र रूपमा महसुस गरिँदैछ।
त्यस्तो चिन्तन, जो रचनात्मक, समावेशी, नैतिक, आध्यात्मिक तथा वास्तविक शान्तिमा आधारित हो —केवल व्यवस्थागत तहमा मात्र होइन,
बरु मानव मनोवृत्ति र दृष्टिकोण दुवै तहमा रूपान्तरण ल्याउने खालको हुनु आवश्यक छ।
जबसम्म प्राकृतिक सिद्धान्तअनुसार निष्पक्ष र न्यायिक प्रणालीमा आधारित व्यवस्थापनलाई व्यवस्थित रूपमा लागू गर्न सकिने वातावरण तयार हुँदैन, तबसम्म मानव–हित र शान्तिको व्यवस्था सन्तुलित अवस्थामा सकारात्मक दिशातर्फ अघि बढ्न सक्दैन।
संयुक्त राष्ट्र संघ (UNO) को केही प्रशंसनीय कार्यहरू तारिफ गर्न योग्य छन, तर बिस्वका मानव हरु लाई सबै भन्दा गम्भीर (serious) -- बिषय हतियार नियमन, सशस्त्रीकरण नियन्त्रण तथा सैन्य–रणनीतिक व्यवस्थापन — जस्ता अत्यन्त संवेदनशील क्षेत्रहरूमा यसको भूमिका आज पनि स्पष्ट रूपमा सीमित देखिन्छ।
यो विषय विश्वका सम्पूर्ण मानव जातिहरूकाे लागि जीवन–मरण तथा अकाल मृत्युको जोखिम सँग प्रत्यक्ष रूपमा गाँसिएको अत्यन्त गम्भीर, र संवेदनशील बिषय हो। बढ्दो वैश्विक जनचेतना र मानवीय जागरणको वर्तमान पृष्ठभूमिमा, भविष्यका कुनै पनि समयमा संयुक्त राष्ट्र संघले पृथ्वीका नागरिकहरूका सामूहिक प्रश्नहरूको स्पष्ट, विश्वसनीय र सन्तोषजनक उत्तर दिनुपर्ने अवस्था नआउला भन्न पनि सकिँदैन।
विश्वका प्रत्येक राष्ट्रका हरेक नागरिकलाई विश्व क्रमशः असुरक्षित र संकटग्रस्त हुँदै जानुका कारणहरूबारे प्रश्न उठाउने नैसर्गिक अधिकार छ। किनकि यो विषय कुनै एक देश वा समुदायसम्म सीमित छैन—यो प्रत्येक मानवको जीवन, सुरक्षा र अकाल मृत्युसँग प्रत्यक्ष रूपमा सम्बन्ध राख्ने अत्यन्त संवेदनशील विषय हो।
संयुक्तराष्ट्र संघ र नयाँ विश्व–दृष्टि
अब संयुक्त राष्ट्र संघले भौतिक र आध्यात्मिक पक्षलाई समानान्तर रूपमा मान्यता दिँदै विश्व–व्यवस्थालाई सरल र मानवीय बनाउँदै अघि बढ्ने वातावरण निर्माण गर्न आवश्यक देखिन्छ।
केवल भौतिकवादी दृष्टिकोणबाट सञ्चालित विश्व व्यवस्थापनले आजसम्मको राजनीति मार्फत विश्व मानबहरुमा पारेका प्रभाव र त्यसबाट उत्पन्न परिणामहरूलाई विश्वले गहिरोसँग भोगिसकेको छ। यदि यही अवस्था निरन्तर कायम रहिरह्यो भने निकट भविष्यमा संसार कुन दिशातर्फ जानेछ भन्ने अनुमान विश्वका बौद्धिक वर्गहरूले अहिले देखिनै गर्न थालि सकेका छन्।
अबको समय मानव जातिले नयाँ सोच र नयाँ दृष्टिकोण विकास गर्नुपर्ने समय हो—यस्तो सोच जस्ले सम्पूर्ण मानवतालाई विनाशतर्फ होइन, सृजनात्मक दिशातर्फ अग्रसर गराओस्।
युद्धमा प्रयोग भएका आधुनिक हतियारहरू
हमासद्वारा इजरायलमाथि गरिएको आकस्मिक मिसाइल आक्रमण, त्यसपछि इरानको शंकास्पद संलग्नता, तथा युक्रेन–रूस द्वन्द्वका दीर्घकालीन प्रभावहरूले यो स्पष्ट गरिदिएको छ कि २१औँ शताब्दीका युद्धहरू अत्यन्त जटिल, प्रविधिमुखी र अप्रत्याशित बन्दै गएका छन्।
त्यहाँका लाखौँ नागरिकले भोग्नुपरेको पीडादायक अवस्थाले विश्व सुरक्षा संरचना (Global Security Architecture) कति हदसम्म कमजोर हुँदै गएको छ भन्ने कटु सत्य उजागर गरेको छ।
ती देशहरूका सर्वसाधारण जनताले कहिल्यै पनि यस्ताे परिस्थितिको सामना गर्नुपर्ला भनेर कल्पना सम्म पनि गरेका थिएनन् होला। यस्ता आकस्मिक घटनाहरूले लाखौँ मानिसहरूलाई विस्थापित मात्र गरेनन्—धेरैले ज्यान समेत गुमाए र धेरै मानिसहरू अपाङ्ग समेत बन्न पुगे।
अधिकांश विश्ववासीहरू यस्ता विनाशकारी अवस्थाहरू शीघ्र अन्त्य होऊन् र भविष्यमा पुनः नदोहोरिउन् भन्ने कामना अवश्य गर्छन्, तर यस्ता संकटहरू दोहोरिँदैनन् भन्ने कुनै सुनिश्चितता छैन।
प्राविधिक दृष्टिले मानव समाज अहिले यस्तो संवेदनशील मोडमा पुगेको छ, जहाँ कुनै पनि क्षेत्रीय द्वन्द्व अत्यन्त छिटो विश्वयुद्धको रूप लिन सक्ने सम्भावना अत्यधिक बढ्दै गएको छ।
हालका युद्धहरूमा प्रयोग भएका अत्याधुनिक सैन्य प्रविधि र युद्ध प्रणालीहरूले यो प्रमाणित गरिसकेका छन् कि वर्तमान युद्ध प्रविधि स्वयं मानव सुरक्षाका लागि गम्भीर चुनौती बनेको छ।
यद्यपि अहिलेसम्म परमाणु मिसाइल प्रयोग भएको प्रत्यक्ष प्रमाण प्राप्त भएको छैन, तथापि अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरूबीच व्यापक रूपमा स्वीकार गरिएको तथ्य यो हो कि यदि विश्वमा उपलब्ध परमाणु हतियारहरूको मात्र ५० %( प्रतिशत ) प्रयोग गरियो भने पृथ्वीमा रहेका सम्पूर्ण प्राणीहरूको अस्तित्व नै समाप्त हुन सक्छ।
भौतिक विकाससँगै शान्तिको महत्व
आज विश्वमा भौतिक विकासको होडसँगै शान्तिको महत्त्व पनि अत्यधिक बढ्दै गएको छ। तर यसको ठीक विपरीत, आणविक र घातक हतियारहरूको उत्पादन बढ्दै जानु र अशान्तिलाई प्रोत्साहित गर्ने गतिविधिहरू तीव्र हुनु विश्वका लागि थप संकटहरूको शृंखला निर्माण गर्दैछ।
मानव अस्तित्वको गहिराइमा सबै मानिसहरू एक–अर्कासँग गहिरो रूपमा अन्तरसम्बन्धित छन् भन्ने तथ्य दुईवटा विश्वयुद्धहरूले स्पष्ट प्रमाणित गरिसकेका छन्। अन्यथा साना–साना कारणका आधारमा संसारका विभिन्न राष्ट्रका लाखौँ मानिसहरू युद्धमा होमिएर अकालमा ज्यान गुमाउनुपर्ने कुनै युक्तिसंगत कारण देखिँदैन।
विश्वमा परमाणु युद्धको कालो बादल मडारिरहेको अनुभूति सायद थोरै सचेत (conscious) व्यक्ति हरूले मात्र गरिरहेका हुन सक्छ। पृथ्वीका अधिकांश बासिन्दाहरू यस गम्भीर विषयप्रति अझै पनि अनभिज्ञ र बेखबर नै रहेको देखिन्छ।.
सार तत्त्व
-
विश्वका सबै प्राणी एकै सार्वभौमिक चेतना (ईश्वर) का अंश हुन्।
-
जबसम्म मानवले "यहाँ कोही पराइ छैन" भन्ने चेतना र भावनाकाे विकास गर्न सक्दैन, तबसम्म विश्वशान्तिकाे कल्पना टाढिदै जान्छ।
विश्वका मानवहरूका पूर्वजहरूले आफ्नो जीवन यात्राको क्रममा बाटो बिराएर अहिलेकाे पिढि सम्म आईपुग्दा बिस्वको कहालिलाग्दो स्थिती बन्न पुगेकाे यो विश्व ब्यबस्था हस्तान्तरण गर्न पुगेका रहेछन भनेपनि अबको नयाँ पुस्ताको कर्तव्य यो हो कि—उनिहरूले सही मार्ग पहिचान गर्न ढिला नगरि त्यसलाई सच्याउदै अगाडी बढने प्रयास गरोस साथै भविष्यलाई अझ सुन्दर र सुनिश्चित बनाउन दृणतापूर्वक साहसिलाे कदम चाल्दै अघाडि बढने हिम्मत गरोस — ताकि अहिले पृथ्वीमा रहेका सम्पुर्ण प्राणिहरू र भबिस्यमा आउने पिढिहरूकाे जीवन यात्रालाई सार्थक र सुगम बनाउन मद्दत पुगाेस। नत्र भबिस्यमा आउने पिढिले पुर्खाहरु लाई सम्झिएर गालि गर्ने र धिकार्ने वातावरण बन्दै नजाओस।
असन्तुलित (imbalance) विश्व–परिस्थितिले कुनै पनि बेला संकट निम्त्याउन सक्छ। त्यसैले नयाँ चिन्तन, रचनात्मक, समावेशी, नैतिक, आध्यात्मिक र वास्तविक शान्ति सहितकाे — अवस्था र ब्यवस्था अत्यावश्यक भइसकेको महसुस हुन्छ !
जबसम्म प्राकृर्तिक शिद्धांत अनुसार निस्पक्ष तवरले न्यायिक पद्धति मा आधारित रहेर ब्यबस्थापन गर्ने कार्यहरूलाई ब्यबस्थित गर्न सक्ने बाताबरण तैयार हुदैन तब सम्म सहि तवरले मानवहित र शान्तिको व्यवस्था सन्तुलित अवस्थामा रहेर सकारात्मक तरिकाबाट विश्व परिस्थिति अघाडि बढन सक्ने संभावना पनि रहदैन !
संयुक्त राष्ट्र सघले यथेष्ट प्रशंसनीय कार्यहरू अवश्य नगरेको हैन तर — विश्वका सम्पुर्ण मानवहरुको सबै भन्दा ठुलाे र महत्वपुर्ण समस्या र सराेकार रहेकाे हथियार–नियमन, सशस्त्रीकरण नियन्त्रण, तथा सैन्य–रणनीति सम्बन्धि अत्यन्त महत्वोपुर्ण र संवेदनशील बिषयहरूमा यस्को भूमिका स्पष्ट रूपमा सीमित रहेकाे देखिन्छ।
यो विषय विश्वका सम्पूर्ण मानव जातिका लागि जीवन–मरण तथा अकाल मृत्युको जोखिमसँग प्रत्यक्ष रूपमा सराेकार रहेको अत्यन्त गम्भीर र संवेदनशील बिषय हो। बढ्दो विश्व जनचेतना र मानवीय जागरणको वर्तमान पृष्ठभूमिमा, यो धर्तीका नागरिकहरूका सामूहिक प्रश्नहरूको सामना गर्दै भविष्यका कुनै पनि समयमा संयुक्त राष्ट्र सङ्घ (UNO) ले यी प्रश्नहरूको स्विश्वसनीय र चित्त बुझ्दो उत्तर दिनुपर्ने अवस्था नआउला भन्न पनि सकिँदैन।
प्रतेक देशको हरेक नागरिकलाई अहिलेकाे विश्वकाे परिस्थितीको बारेमा प्रश्न उठाउने नैसर्गिक अधिकार प्राप्त छ। किनकि यो विषय कुनै एक देश वा समुदाय सम्म मात्र सीमित रहेकाे बिषय हैन; यो प्रत्येक मानवको जीवन, सुरक्षा र सम्भावित अकाल मृत्युसँग प्रत्यक्ष रूपमा सरोकार राख्ने अत्यन्त संवेदनशील विषय पनि हो ।
( डिजीटल युग र बर्तमान विश्व )
संसार डिजिटल युगमा प्रवेश गरे संगै विश्व एउटा गाउँ (Global Village) को आकार ग्रहण गर्दै गईरहेको महसुस हुन थालेकोछ, विश्वमा घटने सकारात्मक र नकारात्मक दुबै प्रकारको घटनाहरू को प्रभाब विश्व ब्यापिरूपमा चाडै पर्न जाने स्थिती बन्दै गईरहेको छ।
अब हुने जुनसुकै खाल्को युद्ध सहित बिश्वयुद्ध भएकाे खण्डमा मानिसहरूको भुमिका कम र मेशिनको भुमिका ज्यादा रहने हुंदा यस्तो प्रकारको आधुनिक डिजिटल युद्धमा मानविय संबेदनाको कुरा प्राय नगन्य मात्रामा रहनजाने हुनाले कैयन ब्यक्तिहरुको भबिस्यको योजना र सपनाहरु पनि एकैछिनमा ध्वस्त भएर सदाको लागि पुर्णबिराम लाग्ने संभावना लाई पनि इन्कार गर्न सकिन्न ।
जति ठुलो रोग लागेको हुन्छ त्यहि अनुसारको उपचार ब्यवस्था नगरे त्यो रोगले अरू जटिलताहरू थप्दै लैजाने संभावना रहेकाे हुनाले उपचारको व्यवस्था तत्काल खोज्न आवस्यक हुन्छ।
अब बिश्वको यो संकटग्रस्त र जटिल अवस्थालाई समाधान गर्ने उतम र श्रेष्ठ उपाय भनेको संम्भवत “ONE WORLD” अर्थात “ एउटा बिश्व ” हुन सक्दछ । अन्य उपायले बिश्वको बढदै गईरहेको नाजुक र जटिल समस्याहरु लाई सम्बोधन गर्न सक्ने संम्भावना छ जस्तो पनि देखिंन्दैन l
विश्व संकट : सामूहिक नैतिक उत्तरदायित्व
विश्व मा देखापरेकाे अहिलेकाे संकटपुर्ण स्थिती केवल विश्वका सरकारहरू वा संयुक्त राष्ट्रसंघले मात्र पनि समस्या समाधान गर्नुपर्ने जिम्मेवारी होइन ; अर्थात (UNO) ले मात्र समाधान गर्न सक्ने स्थिती देखिन्दैन — यो विश्वकाे सम्पूर्ण मानवजातिहरूको साझा नैतिक उत्तरदायित्व र जिम्मेवारी पनि हो।
यसको कारण स्पष्ट छ—आज पृथ्वीवासीहरूले भोगिरहेका अधिकांस मानविय समस्याहरु मानिसको पूर्वजहरू (ancestors) बाट विरासतमा प्राप्त हुँदै र थपिदै आएका हुन्। ती व्यवस्थाहरूमा उनीहरूले गरेका असल र खराब दुवै प्रकारका कर्महरूको प्रभाव प्राकृतिक रूपमानै समावेश भएर आएकाहुन।
मानवहरूले यी दुवै अवस्थाहरू लाई निरन्तरता पनि दिँदै गए। अहिले यसको परिणामस्वरूप विकास र विनाश—दुवै चरम स्थिती मा पुगेका हुन्। बास्तबंमा उनिहरूले राम्रो कुराहरु लाई लिएर खराब कर्मिक दोषहरु लाई न्यूनीकरण गर्दै लान आवस्यक थियाे तर येस्तो परिस्थिति भबिस्यमा आउने पिढिहरूले भोग्नु पर्ला भनेर साेचाई नपुगेर पनि भएकाे हुन सक्छ —उनिहरूले यसबारेमा गम्भीरतापुर्बक लिएकाे महसुस हुदैन।
अत्यन्तै थोरै व्यक्तिहरूले मात्र परम्परागत साेच भन्दा केही फरक तरिका अपनाएर जीवन परिवर्तन गर्न सक्षम भएका छन्। यस्ता व्यक्तिहरूमा उच्च स्तरको मानवीय संवेदनशीलता, करुणा र नैतिक चेतनाको स्पष्ट अभिव्यक्ति देखिन्छ।
श्रेष्ठ र उत्तम मूल्य, मान्यता र सद्गुणहरूको संरक्षण तथा संवर्द्धन गर्दै, हानिकारक विचारहरू, तथा अहितकारी संस्कार र नकारात्मक प्रवृत्तिहरू लाई क्रमशः न्यूनीकरण गर्दै लगेर अन्ततः समाप्त गर्दै लैजाने उपायकाे खाेजि गरेर जिवनलाई विश्वव्यापी तवरले परिस्थितिलाई सकारात्मकता तिर लैजान संगठित तवरले कार्य गर्न आवश्यक देखिन्छ।
अत्याधुनिक हतियारहरूले सुसज्जित राष्ट्रहरू समेत असुरक्षित महसुस गर्न थालिरहेकाे सन्दर्भ लाई हेर्दा वास्तविक सुरक्षा केवल हतियारहरूबाट मात्रैले पनि सुनिश्चित हुने हाेईन। सुरक्षा कै लागि मात्र यति विशाल मात्रामा विनाशकारी हतियारहरूको सञ्चय गर्नु पर्ने कुनै खास औचित्य र कारणहरू नै छैन।
सामान्यतया कुनै पनि राष्ट्रको वास्तविक सुरक्षा हतियारहरूमा भन्दा सकारात्मक सोच, कुशल कूटनीति, नैतिक नेतृत्व र मानवीय व्यवहारमा निहित हुन्छ। यही मार्ग दीर्घकालीन, स्थायी र सार्थक शान्तितर्फ मानवजाति लाई अग्रसर गराउन सक्छ।
सकारात्मक सोच भएका मानिसहरू प्रत्येक देशमा पर्याप्त सङ्ख्यामा विद्यमान हुन्छन्, तर उनीहरू छरिएर रहेका हुनाले उनिहरूकाे क्रियाकलापहरु ले खासै सार्थकता पाएकाे महसुस हुदैन। अब समय आइसकेकोछकि यी शक्तिहरू संगठित हाेउन।
एकबिश्व (One World) को अवधारणाको सोचाई सम्म आईपुग्न बिश्वको औसत जनसमुदायका मानिसहरूलाई केहि अतिरिक्त समय अबस्य लाग्न सक्छ । तर अब यो सुन्दर पृथ्वी बचाउन — याे भन्दा उतम र श्रेष्ठ बिकल्प यो दुनियामा अरू कुनै ऊपाय रहेकोछ जस्तो पनि देखिदैन।
उक्त कार्यलाई प्रभावकारी ढंगले अघाडि बढाउन विश्वका बहुमत जनसंख्याको चेतना सकारात्मक रहेमा चाडै परिबर्तन हुन सक्ने सम्भावना लाई मध्यनजर गर्दै विश्व जनजागरणकाे लागि विभिन्न प्रकारको प्रचार प्रसार आभियान बाट सर्बसाधारण लगायतलाई पनि जगाउन आवश्यक पर्ने हुनाले सम्पुर्ण शान्तिप्रेमि ब्यक्तित्वहरु यस कार्यमा सहभागी रहन आह्वान पनि गरिन्छ।
यो लेख आधा अधुरो हेराई र बुझाईले दृस्टी दोष मात्र हुने हुदा पुरै अध्ययन गर्नाले मात्र पनि विश्व मानवता प्रति देखाईने सदभाव र बिश्वशान्तिलाई पनि प्रतक्ष र अप्रत्यक्ष प्रभाव पर्न जाने हुनाले सबैको कल्याणनै हुन जानेछ भन्ने बिश्वासको आधारमा अघाडि बढाउन खोजिएको हो। सेयर गर्नाले मात्र पनि निश्चितरूपले विश्व परोपकारको कार्यलाईनै सहयोग हुन जानेछ।
घातक हतियारहरूको प्रदर्सन
बेला बेलामा बिभिन्न देशहरूले गरेको आफ्नो देश को महत्वपूर्ण कार्यक्रमहरूमा प्रदर्शन गर्ने गरेको घातक हतियारहरुको प्रदर्सन र बिस्वका मानिसहरू को क्रियाकलापहरु ले पनि यो कुरा पुस्टि गर्दै लादैछ कि बिश्वको अत्यन्त खराब समय अब धेरै टाढा छैन।
यि घातक हतियारहरू तत्काल प्रयोग नभए पनि ; त्यसस्लाई प्रयोग गर्न — समयको अन्तरालमा कोहि न कोहि कुनै बहाना बनाएर आफ्नो महत्वाकाक्षा पुरागर्न खोज्नेहरु निस्किएर युद्धको घन्टी बजाएरै छाडनेछ !
एउटा बच्चा जन्मदा थाहा हुदैन , उ कति जोखिमले भरिएको संसारमा पाईला राख्न गैेरहेको छ भनेर । कैयन निर्दोष बच्चाहरू युद्धको चपेटमा परेर अकालमा ज्यान गुमाई रहेका हुन्छन, उनिहरूको कसै संग कुनै लेनदेन र दुश्मनी पनि रहेकाे हुदैन।
बिश्वका केहि मानिसहरू जुनसुकै क्षेत्रमा अध्ययन गरेर जस्तो सुकै डिग्री हासिल गरेता पनि उनीहरूको जीवन शैली, संस्कार र परिबेशले गर्दा बिनाशकारि खोपडी घुमाएर अरूलाई सताउने र तर्साउने उपाय हरूको खोजी र अनुसन्धान गरेर उक्त कार्यलाई निरन्तरता दिइरहन छाडदैनन्। त्य्स्लाइ नै आफ्नो जिवनकाे मुख्य सार्थक लक्ष बनाएर कार्य गरिरहेको हुन्छ। त्यस्तो कार्यले “ आफुले खनेकाे खाडलमा आफै फस्ने संभावना लाई पनि इन्कार गर्न सकिन्दैन।
खासगरेर आणबिक हतियार धेरै भएका देशहरूकाे सरकार र जनताहरूलेनै यस बिषयमा गम्भीर चासाे राखेर पृथ्वीलाई सुरक्षित बनाउने उपाय तर्फ लाग्न आवश्यक महसुस गरिन्छ। अहिलेको बिश्वको परिस्थिती लाई बदल्दै लैजान सम्पूर्ण चेतनसिल नागरिकहरूले पनि आ-आफ्नो तर्फबाट सक्दो सकारात्मक प्रयास र योगदानहरु बढाऊदै लैजान आवस्यक छ।
अबको विश्व परिबेस एक अर्कामा — खास गरेर राष्ट्रहरु बिच बैरभाव र दुश्मनि बन्ने बाताबरणलाई निस्तेज बनाउदै विश्वभर मित्रताको भावना बिकसित गर्दै लैजाने परिस्थितिको श्रिजना गर्दै लैजान आवस्यक महसुस गरिन्छ।.
यो अवधारणाकाे औपचारिक सुरूवात
एकजना फ्रान्सेली बाताबरण सम्बन्धी वैज्ञानिक, हिमालको हिऊहरू द्रुतगतिले पग्लदैजानुको कारण बारे फ्रान्स सरकारले नेपालको एभरेस्ट क्षेत्रमा अनुसन्धान गर्न पठाएको रहेछ !
ऊनले आणविक हतियारकाे बारेमा पनि चिन्तित हुदै सुनायाे “यो पृथ्वीवासीहरू कस्तो खाले सभ्यताको विकास गर्दैछौ, विश्वका मानबहरू आफ्नो मृत्युको सामाग्री आफ्नै हातले तैयार पार्ने कार्य तिब्रगतिमा गर्दैछन् ” भनेर आणबिक हतियार डिजाईन गर्ने लाई गालिको भाषा पनि प्रयोग गर्दै थिए।
बिषयको गंम्भीरतालाई ध्यानमा राख्दै अब पनि चुपलागेर बस्नु उचित नहुने निस्कर्ष सहित एक-बिस्व को अवधारणालाई बिश्व सामु प्रस्तुत गर्दैमा बिग्रने पनि केहि हैन, कमसेकम एकजना ब्यक्तीले समय रहदै दुनियालाई खबरदारी गर्ने प्रयास त गरेको रहेछ भनेर अब हुने बिश्वयुद्ध पछि काेहि बाच्न सफल रहे भने सम्झना त अबस्य गर्नु पर्ने हो।
बिश्व का मानवहरूले एक बिश्व को अवधारणालाई अघाडि बढाउदै लानसके बेफाईदा कसैलाई पनि नहुनु पर्ने हो । यस्को बिपरित सबैलाई हरेक दृस्टी बाट फाईदा नै रहनजाने निश्चित छ l कम्तिमा पनि पाँच वटा प्रमुख र प्रत्तक्ष फाईदाहरू प्रस्ट रुपमा रहेका छन् !
पहिलो - बिश्वयुद्धको भयावह स्थिती सदाको लागि समाप्त भएर जानाले कोहि पनि युद्धकाे कारणले - अनाथ हुनु पर्ने छैन साथै कसैले पनि आफ्नो पृयजनहरु गुमाउनु पर्ने संभावना पनि रहने छैन !
दोस्रो - आतंकबादकाे अन्त हुने संभावना पनि प्रबल भएर जानेछ । जुन बिषयलाई लिएर झगडा उत्पन्न हुने हो त्यो बिषय नै नरहे पछि लडाई र झगडा गरिरहनुको कुनै खास कारण र औचित्य पनि रहदैन ।
तेस्रो - सबै भन्दा महत्त्वपूर्ण उपलब्धी भनेको कुनै पनि देशकाे नागरिक बाट कसैसंग युद्धनै नलडिकन सम्पुर्ण बिश्वको नागरिकमा रूपान्तरण हुनजानु लाई पनि ठुलै उपलब्धिकाे रूपमा लिन सकिन्छ।
चौथो - संम्भवत कहि कतै कुनै पनि प्रकारको मुक्तिको नाममा आन्दोलन गरिरहनु पर्ने आवस्यकता पनि रहदैन किनकि यो अबधारणा नै स्वयंम सबैको लागि महामुक्तिको आन्दोलन नै हुनजानेछ।
पाचौ - सृष्टिको प्रारम्भदेखि अहिलेसम्म विश्वका मानवहरूको पुर्खाहरु (ancestors) बाट गरिएकाे नकारात्मक कर्महरूको बोझहरू थपिदै गइरहेको परिप्रेक्ष्यमा — कर्मबोझकाे शुद्धिकरणको युग प्रारम्भ हुने भएकोले भबिष्यमा मानवहरूले भोग्नु पर्ने नकारात्मक कर्म बाट उत्पन्न बोझहरु क्रमिक रूपमा घटदै जानाले — लडाई सहित विश्वयुद्ध हुने संभावना पनि प्राकृर्तिक रूपमानै स्वत खारेजी मा पर्ने निश्चितैछ ! त्यो सम्पूर्ण विश्व प्राणी जगत्का लागि सबैभन्दा ठूलो गौरवपुर्ण उपलब्धिको विषय पनि हुन जानेछ।
श्रेष्ठताको भाव र हीनताबोधले बनाएको अन्तरद्वन्द्व
यो अध्ययनले मानव मनका दुई गहिरा मनोवैज्ञानिक अवस्थाहरूलाई आधुनिक समाज, विश्व–राजनीति, सामाजिक संरचना तथा समकालीन हिंसात्मक द्वन्द्वहरू सँग सम्बन्धित गरी विश्लेषण गर्दछ।
मानव इतिहासका अधिकांश संघर्षहरूको केन्द्रबिन्दु मनोवैज्ञानिक असन्तुलन—विशेषतः श्रेष्ठताको भाव (superiority complex) र हीनताबोध (inferiority complex) — ले बनाएकाे विभेद विद्यमान रहेका छन्।
यी दुई अवस्थाहरू व्यक्तिको आत्म–पहिचान, सामाजिक सम्बन्ध र निर्णय प्रक्रियामा गहिरो प्रभाव पार्ने प्रमुख तत्वका रूपमा देखा पर्छन्। जब यिनै अवस्थाहरू उग्र राष्ट्रवाद वा सामूहिक चेतनामा रूपान्तरित हुन्छन्, तब तिनले विभाजनकारी राजनीति, जातीय तथा धार्मिक हिंसा, र सैन्य आक्रामकताका मुख्य प्रेरक स्रोतको रूप लिन्छन्।
श्रेष्ठताको भावना र हीनताबोध मानवीय मनका दुई अतिवादी ध्रुव हुन्। पहिलोले अहंकारलाई अत्यधिक बलियो बनाउँछ भने दोस्रोले आत्म–अवमूल्यन र हीनभावनालाई जन्म दिन्छ। यी दुवै अतिवादी अवस्थाहरू मानव जीवनका लागि अदृश्य तर मन्द विष (slow poison) सरह कार्य गर्छन्। अधिकांश द्वन्द्व र युद्धहरूको पृष्ठभूमिमा यिनै मध्ये कुनै एक कारणको निर्णायक भूमिका रहेकाे देखिन्छ।
सन्तुलित चेतनाले यी दुवै अवस्था भन्दा माथि उठेर आत्म–स्वीकृति, करुणा र समानताको मार्ग रोज्न प्रेरित गर्दछ—जहाँ सबै मानव एउटै चेतनाका अभिव्यक्ति मानिन्छन्। यस्तो चेतनाले मानव आत्माको विकासमा गहिरो र दीर्घकालीन योगदान पुर्याउँछ।
जब कुनै व्यक्ति मानवीय चेतनाको आधारभूत स्तरभन्दा तल झर्छ, उसले समाज र विश्वलाई अव्यवस्थित बनाउने गतिविधिहरूलाई प्रवर्द्धन गर्छ, जसले मानवीय क्षति बढाउँदै स्वयं आफ्नो र अरूको अस्तित्वलाई समेत संकटमा पारेकाे विश्व ईतिहासमा कहिलेकाहि क्रूर तानाशाहहरूले देखाएकाे चरित्र बाट पनि याे कुराकाे पुष्ठि गर्छ।
यस्ता अतिवादी दृष्टिकोणहरूको उपचार केवल विश्वव्यापी चेतनात्मक सन्तुलन मार्फत मात्र सम्भव हुने भएकाेले दुई अतिवाद बीच सधैँ मध्यम मार्गको आवश्यकता हुने भएकाेले एक बिस्वको अवधारणाले सकारात्मक भुमिका खेल्न सक्छ भन्ने बिश्वास लिइन्छ।
जब कुनै व्यक्ति चेतनाको उच्चतम शिखरमा पुग्छ, उसमा सम्पूर्ण विश्वलाई आलोकित र गौरवान्वित गर्ने क्षमता विकास गरेका हुन्छन। यस्ता व्यक्तित्वहरूले विश्व शान्ति, स्थिरता र मानव कल्याणमा सकारात्मक र दीर्घकालीन योगदान पुर्याउँछन्। जागृत वा प्रबुद्ध व्यक्तित्वहरूले छोडेर गएका स्मृतिहरूले यस तथ्यलाई स्पष्ट रूपमा प्रमाणित गर्छन्।
गौतम बुद्धलाई “एसियाको प्रकाश (Light of Asia)” भन्ने गरिएकाे भएता पनि, वास्तवमा उहाँ सम्पूर्ण मानव चेतनाकाे लागि गौरवको प्रतीक हुनुहुन्छ। हरेक सम्बुद्ध (enlightened) ब्याक्तित्व हरुले विश्वका मानव चेतनालाई माथि उठाउने कार्य गरेकाे पाइन्छ।
अन्तर्राष्ट्रिय राजनीति र शक्ति–संरचना
विश्व राजनीतिमा पनि Superior Feelings र Inferiority Complex ले राष्ट्र–व्यवहारमा गहिरो प्रभाव पार्छ। याे सामान्य मनोवैज्ञानिक कमजोरी मात्र होइनन्; यी राष्ट्रियता, भू–राजनीति, सामाजिक संरचना, र हिंसाको चक्र निर्धारण गर्ने गहिरा मनो–सामाजिक समस्या पनि हुन्।
धार्मिक कारण बाट उत्पन्न हुने लडाई झगडामा पनि यस्तै भावनाले मुख्य भूमिका खेलीरहेको हुन्छ। “तेरो धर्म ठुलो कि मेरो — कस्को गुरू महान “ भन्ने मनोवैज्ञानिक सोच र बिचारले काम गरिरहेको हुन्छ। यस कारण—वैज्ञानिक, दार्शनिक, मनोवैज्ञानिक, तथा नीति–विश्लेषणात्मक स्तरमा मानव मनोदशा को समग्र उपचारकै आवश्यकता पर्दछ।
विश्वमा देखा परेकाे र गहिरिदै गएकेा सबै भन्दा जटिल मानविय मनेाराेग बाट बन्दै गएकाे बिभेद (imbalance) काे अचुक उपचार एक विश्व बाहेक अन्य विकल्प हुन सक्ला जस्तो पनि देखिदैन।
विश्वमा हाल देखापरेको घातक हतियारको उत्पादन बढदैजानुकेा मुख्य कारणकाे मनाेबिज्ञान पनि यसैमा निहित रहेकाेछ। विश्व मा देखापरेकाे याे मानसिक समस्या बढदैजाने क्रम यहि परिस्थिति र वातावरणमा रोकिने संभावना पनि देखिदैन। समस्या एक तर्फ छ र उपचार अर्को तर्फ गर्ने प्रवृत्तिले बिस्वको सङ्कट हरूलाई अझ जटिल बनाउदै लगिरहेकाे छ।i
विश्वका अधिकांस मतदाताहरुको चाहना
विश्वका अधिकांश देशहरूमा नागरिकहरूले यो विश्वासका साथ आफ्नो मतदान अधिकार प्रयोग गर्छन् कि उनीहरूले योग्य, दूरदर्शी र सक्षम नेतृत्वकर्तालाई राज्यसत्ताको जिम्मेवारी सुम्पिरहेका छन्—जो राष्ट्र र सम्पूर्ण मानवताको हितमा न्यायपूर्ण तथा विवेकपूर्ण निर्णय गर्न सक्षम रहेका छन् भन्ने अपेक्षासहित।
तर यति हुँदाहुँदै पनि, विश्वको स्थिती — भय, असुरक्षा र विनाशको अवस्था तीव्र गतिमा विस्तार हुँदै गइरहेको अनुभूति स्पष्ट रूपमा देखिन्छ। यसले नेतृत्व, संरचना र मानवीय चेतनाबीच गहिरो असन्तुलन विद्यमान रहेको संकेत गर्दछ।
अहिलेकाे विश्व परिबेस लाई मुल्यांकन गरेर हेर्दा कहि मानवजातिको औसत (average) सामूहिक नकारात्मक कर्महरूले “ पापको घैटो ” भरिएर फुट्ने संकेत गर्न खोजेको त हैन ? अहिले मुख्य रुपमा तिन वटा प्रश्नहरू स्वभाविक रूपमा उत्पन्न भएको महसुुस हुन्छ !
पहिलो – कहि जानाजानी शुस्म तवरले (in a subtle way) मानवहरू विश्वयुद्धको जस्तो सामुहिक आत्महत्या (global suicide) को बाटो तिर जान खोजिरहेका त हैनन ?
दोस्रो – शान्ति र आनन्द सँग रहने बाटो पहिल्याउन नसकेर अलमलमा परिराखेकाे स्थिती त हैन ? या त्यो सुगम बाटोमा हिडन नचाएको त पकै पनि हैन होला !
त्तेस्रो – कहि मानवहरूको औसत कर्म बिग्रिदै गएर प्राकृतिक तवरबाट नै बिनाशको परिस्थिती श्रिजना हुँदै गईरहेको त हैन ? अहिले विश्वको मानबहरु को लागि गम्भीर प्रश्नहरु खडा हुँदै गईरहेको छ !
हरेक रास्ट्रका ९९.९ % भन्दा बढि मानिसहरु युद्धको पक्षमा नै रहेका हुदैनन् तर युद्ध सुरू भएपछिको परिस्थिति यस्तो बन्दै जान्छ की अधिकांस जनमत युद्धहुन अपरिहार्य नै थियो भन्ने निस्कर्षमा पुग्दछन। मानिसहरुको कर्म दोषको कारण बाट यस्तो भ्रम श्रिजना भएकाे हुन्छ।
यस्तो बाताबरण श्रिजना हुनु हुदैन भन्ने सोचको अभाबमा युद्ध अनिबार्य बन्दै गएर ठुलो धनजनको क्षति पछि मात्र युद्धबिरामको घोषणा गर्दछन् ! येस्तो कार्यहरु हुनु रहस्यमय नै मान्नु पर्छ नत्र भए सबैलाई थाहा भएकै हो — युद्धले सबै ध्वस्त पारिदिन्छ — यति सम्मको बिबेक त सबै सङ हुन्छ।
बिकाश र बिनासका सामग्रीहरू
बिनाशका समाग्रीहरु जहाँ धेरै आबिस्कार हुन्छ, त्यहीकाे जनताहरू जागरूक र सजक रहेर चुनाबको सर्बसुलभ मौलिक अधिकारको सदुपयाेग गरेर यथार्थमा बिश्वशान्तिको चाहना प्रतिबिम्बित हुने बाताबरण र नेतृत्व चयन गर्दै लैजाने परम्पराको थालनी गर्न आवस्यक छ !
समस्या जहाँ बाट सुरू भएकाे हाे, समाधान पनि त्यसैकाे आसपास खोज्नु पर्छ — जहाँ लडिन्छ त्यहि उठने प्रयास गर्नु पर्दछ, अलि पर उठछु भनेर सोच्नु परिस्थिति र समय सान्दर्भिक मानिन्दैन।
विकास र विनाश—दुवै प्रकृतिका साधनहरूको अत्यधिक उत्पादन गर्ने विश्वका प्रमुख राष्ट्रहरू आज मानव सभ्यताको निर्णायक मोडमा उभिएका छन्। प्राविधिक प्रगति, आर्थिक विस्तार र शक्ति–सन्तुलनको नाममा गरिएको दौडले विश्व मानवता, नैतिकता र दीर्घकालीन अस्तित्वलाई गम्भीर जोखिममा पारेको छ।
यस घोषणापत्रमार्फत हामी स्पष्ट रूपमा भन्न चाहन्छौं—यस्ता संवेदनशील परिस्थितिहरूलाई अझ जटिल बनाउँदै लैजानु कुनै राष्ट्र, समाज वा मानवजातिको हितमा छैन। समस्याको जरो जहाँ छ, समाधान पनि त्यहीँ खोज्नुपर्ने समय आएको छ। विकास र विनाश बीचको सन्तुलन कायम नगरी शान्ति, सुरक्षा र स्थायित्व सम्भव हुँदैन।
अतः विश्वका शक्तिशाली राष्ट्रहरू, नीति निर्माताहरू र संस्थागत नेतृत्वलाई यो गम्भीर आग्रह छ कि उनीहरूले समय रहँदै आत्ममूल्याङ्कन गर्दै, जिम्मेवार निर्णय र नैतिक साहसका साथ समाधानमुखी मार्ग अपनाऊन्। आज लिइने विवेकपूर्ण कदमहरूले मात्र भोलिको विश्वलाई सुरक्षित, न्यायपूर्ण र जीवनोपयोगी बनाउन सक्छ।
बिनाशकारी हतियार निर्माण गर्ने र डिजाइन गर्ने हरुलाई पनि शान्ति नै चाहिएको हुन्छ तर उनिहरूले रोजेको हिंसात्मक बाटोले सम्पुर्ण बिश्वलाई नै घातक परिणाम दिने निश्चित छ । विश्वमा युद्ध, हिंसा र लडाईको बिउहरू छर्ने हैन — शान्ति र सुव्यवस्थित हुँदै लैजाने बिचार र भावनाहरु बिकसित गर्दै लगेमा शान्तिको बिजारोपण गर्न सकिने सम्भावना बढनेछ !
नयाँ विश्वको सन्दर्भमा चराको प्रेरणादायि प्रशंग जंगलमा आगलागी हुदा एउटा चराले नजिकैको पोखरीबाट आफ्नो मुखको चुच्चोले पानि ल्याउदै आगो निभाउने प्रयास गरेको देखेर अन्य जनावर हरूले सोधेछन, के गरेको यस्तो बेकुफिले भरिएको मुर्खतापूर्ण काम ?
चराले जवाफ दिदै भनेछ - यो समयमा मैले गर्नु पर्ने सबै भन्दा उतम कार्य संम्झेर आफ्नो कर्तब्य निभाउने प्रयास गर्दैछु । चराको यो उतरको प्रेरणाले अन्य जनावरहरुले पनि आगो निभाउन थालेछन।
सन्देश हो:
प्रत्येक व्यक्तिले आफ्नो क्षमता अनुसार शान्ति र सद्भावको दिशामा प्रयास गर्यो भने, यो पृथ्वीलाई अझ बढि सुन्दर, सुरक्षित र जीवनोपयोगी बनाउन सकिन्छ।
आफ्नो जीवन सबैका लागी महत्वपूर्ण र प्रिय लाग्नु स्वभाविक नै हो, जिन्दगी नै नरहे कुनै पनि बिषय र बस्तुको मह्त्व र अर्थ (value) पनि रहदैन। जीवन यात्राको क्रम्मा सबै प्रपन्चहरू मिलाउदै हिडनु पर्ने कारण जीवन सहज तवरले अघाडि बढाउदै लानकै लागि हाे। जिवन अनमाेल हुन्छ — यस्को सहि सदुपयाेग भएमा जीवन सार्थक बन्छ भने दुरूपषाेग र असफल भएकाे खण्डमा दुर्भाग्यपूर्ण स्थिती बन्छ।
विश्वका मानवहरू सङ दुईवटा विकल्पहरू
पहिलो – यथास्थितीमा रहि तेस्रो बिश्वयुद्धको सामना गर्नु पर्ने समयको पर्खाइमा रहेर बस्ने अथवा ;
दोस्रो – नयाँ बिश्व परिवर्तनको भुभिकामा सहभागी रहि सुरक्षित भबिस्यको निर्माणमा सहभागी रहेर शान्तिपुर्बक जिवनयापनकाे लागि मार्ग प्रसस्त गर्दै अझै परिस्कृत र सार्थक बनाऊदै लैजाने।
जुनसुकै प्रकारको लडाई होस अथवा युद्ध , जस्ले पनि जितको आकांक्षा लिएरै रणभुमिमा उत्रने गरेको हुन्छ । सभ्यताको नाममा बर्बरतापुर्ण बिश्व परिवेश बन्दै जानुलाई दुर्भाग्यपूर्ण स्थिती नै मान्नु पर्ने हुन्छ। युद्धको नाजुक स्थितीमा अधिकांस सर्बसाधरणहरू लुक्नको लागि बन्कर (Bunker) हरु पनि पर्याप्त रहेकाे हुदैन।
श्रृष्टि देखि मानवहरूकाे जीवनयात्रा यहाँसम्म आईपुग्दा बिश्वका अधिकांश मानिसहरूले आफ्नो सोच्ने ढंगमा खासै परिवर्तन ल्याउन सकिराखेकाे देखिदैन। आफ्नै मतलबलाई मात्र सर्बोपरी महत्त्व दिदै अरूकाे भावना माथि खेलवाड गर्न खोज्ने केहि अस्वाभाविक चरित्र भएका आत्माकेन्द्रित व्यक्ति हरूको आचरण र कृयाकलापहरुको कारणले गर्दा बिश्वको परिबेस संकटग्रस्त र जटिल बन्दै गईरहेको छ ।
पू्र्खा देखिको पापकाे भारि थपिदैजानाले र येस्तो भारि (weight) हरु लाई बिसर्जन गर्ने तरिका थाहा नपाउनाले — कुनै निश्चित काल खण्डमा युद्धको आयाेजना हुँदैरहेकाेछ।
बिस्वमा पटक पटक युद्ध भईरहनुकाे मुख्य कारण विश्वको सुरक्षा सम्यन्त्र (Global security mechanism) हरूले समयानुकुल नीति-निर्माण सम्बन्धि चासाे नदेखाउनु साथै समय अनुसार परिस्कृत र परिमार्जन गर्दै लैजान नसक्नु मुख्य कारणको रुपमा देखा परेकाे हो।
अहिले याे राेग बढेर यति बिकराल रुप धारणा गरिसकेकाे छ कि यस्ले — मानबहरुको अस्तित्व माथी नै गम्भीर प्रश्न चिन्न खडा गरिदिएकाे धेरैले महसुस गर्न थालिसकेका छन्। अध्यात्मिक क्षेत्रमा लागेर सृष्टिको सत्य (Universal True) लाई बुझ्ने कठिन मार्गलाई पछ्याउँदै परम सत्यमा पुग्न निरन्तर प्रयत्नशिल रहेका तपस्बिहरूले पनि अब विश्व बचाउन कठिन हुने भएकाे भन्दै — हात ठडाउन थालिसकेकाे संकेत दिन सुरू गरिसकेका छन्। उनिहरू मध्ये कुनै कुनै त्रिकालदर्सीको स्थितीमा पुग्न लागेकाहरू पनि छन्।
हतियारकाे संग्रहले बिश्वशान्तिको उपलब्धिमुलक भुमिका निभाउन सक्छ भन्ने सोचाई राख्नु भनेको बिनाशकाे बाटाे आफैले बनाऊदै लैजाने काम बाहेक अरू केही पनि हुन सक्दैन ! यस्तो विचार र भावना लाई बिस्तारै निस्तेज बनाउदै विश्व शान्तिलाई प्रमुख प्राथमिकता दिने बाताबरण लाई सहयोग गर्दै लैजान बिस्वका सम्पुर्ण चेतनशिल ब्यतीहरुको मुख्य कर्तब्य पनि हो ! अब पनि पृथ्बीलाई बोझ मात्र थप्दै लैजाने कार्य गर्न थालेमा मानवहरुले एकदिन यस्तो कार्यको ठुलाै मूल्य चुकाउनु पर्ने दिन धेरै टाढा छैन।
बिश्वशान्तिको लागि अहिले सम्म पनि संगठित रहेर गम्भीरतापुर्बक कदमहरू नचालेर अहिलेको जस्तो धरापपुर्ण स्थितीलाई निरूत्साहित बनाई योजनाबद्ध ढंगले अभ्यासहरू अहिले देखिनै गर्न सकिएन भने परिस्थिती झन झन नाजुक र संकटग्रस्त बन्दै अहिलेकाे विश्व ब्यबस्थालाई नै ठुलाे चुनाैति दिने यथार्थ प्राय सबैले महसुस गरेकै बिषय पनि हाे।
कुनै पनि जटिल कार्यको आरम्भ — टुप्पा (Top part) बाट या फेद (beginning part) बाट गर्ने चलन रहेकाे हुन्छ। माथि (Top level) बाट समाधान हुन सक्ने संभावना देखिएन भने — फेद बाट अर्थात (Root level) बाट समाधान खोज्न आवश्यक पर्छ। कुनै पनि बुनियादि भुलहरूलाई सुधार्न सर्वसुलभ र सहज मार्ग पनि यहि नै हुन्छ।
बिस्व मानव एकताको शक्ति र महत्त्व
विश्वमा परिवर्तन ल्याउनका लागि यदि आणविक हतियार सम्पन्न नौ देशहरू तथा केही गैर–आणविक देशहरू—जस्तै जापान, साउदी अरब, टर्की, ईरान, दक्षिण कोरिया आदि गरी करिब पन्ध्र देशहरू—का कम्तीमा ५५% जनतामा जागरण उत्पन्न हुन सकेमा, विश्वको जुनसुकै परिस्थिति परिवर्तन गर्न कठिन हुने छैन। अन्य देशहरू पनि सहमतिमा आउन ढिला गर्ने छैनन्।
जनताको विचार–शक्ति र सामूहिक भावनात्मक चेतनाभन्दा ठूलो अन्य कुनै शक्ति हुँदैन। जनता सरकार बनाउन पनि सक्छ र मन नपरेमा निर्वाचनको माध्यमबाट परिवर्तन गर्न पनि सक्छ। आवश्यक केवल यति हो कि जनतामा जागरण आउनुपर्छ। तब प्रत्येक कठिन कार्यलाई सहज रूपमा समाधान गर्न सकिनेछ।
बिस्वको जटिल परिस्थिति — परिबर्तन ल्याउनको लागि आणबिक मिसायल रहेकाे नाैवटा देश र आणबिक नभएका केही देशहरू —जापान, साउदि अरब, टर्की ,ईरान, द.काेरिया जस्ता लगभग १५ वटा जति देशकाे जनताहरूकाे ५५% जनताहरूमा जागरण आएमा विश्वको जस्तोसुकै परिस्थिति लाई बदल्न मुस्किल पर्दैन — अन्य देशहरू स्वत सहमति आउने छन्। जनताकाे बिचार भावनाकाे शक्ति भन्दा ठुलाे अन्य कुनै पनि शक्ति हुदैन — उनिहरूमा जागरण आउन आवस्यक छ।
विश्वको अहिलेकाे जटिल परिस्थितिको समाधान विश्वको आम नागरिक सङ प्रत्यक्ष सराेकार राख्ने बिषय रहेकाे हुनाले उनिहरूकाे भावना र संगठनात्मक एकताकाे महत्त्वपूर्ण भुमिका रहन जान्छ।
विश्वका आधा भन्दा बढि अर्थात् बहुमत मानवहरू काे भावनात्मक रूपमा संकल्प मात्रले पनि विश्वमा धेरै ठुलाे क्रान्तिकारी परिबर्तन हुन जान्छ।
अझ प्रत्यक्ष सम्बन्ध राखेर एकात्मक भावना र सहकार्यले गरिएकाे बिस्व शान्ति लगायत अन्य जटिल कार्यहरु पनि सहज तवरले समाधान गर्न सकिने स्थिती बन्छ।
(तेस्रो भाग —THIRD PART)
नास्तिकबादले विश्वशान्तिलाई पारिरहेकाे प्रभाव
बिश्वमा अशान्ती, र अराजक स्थिती बन्दै जानुलाई शुभ संकेतको रूपमा लिईन्दैन । यो स्थिती बन्दै जानुमा नास्तिकबादको पनि भुमिका रहेकाे पाइन्छ ।
सृष्टिको बारेमा अपर्याप्त जानकारीको र दृस्टीको कारणले अनियन्त्रित र आत्मासम्यमरहित जीवन शैली अपनाउन प्रबल चाहना राख्नेहरूको संख्या बृद्धि हुदैजानाले पनि बिश्व अस्तब्यस्त बन्दै नष्ट हुने स्थितीमा पुग्न खोज्नुको प्रमुख कारणहरू मध्ये एक हो भन्दा फरक पर्ने छैन।
सामान्यतया धेरै मानिसहरू सृष्टिकर्ता काेहीँ भए आँखा ले देखिनु पर्ने हो भन्ने साेचाईमा रहेका हुन्छन् ब्रमाण्ड र श्रीष्टीको गहनतम बिषय र रहस्यहरू मानिसहरूकाे इन्द्रियहरूको क्षमता र पहुंच भन्दा धेरै टाढाको रहस्यमय बिषय रहेको हुनाले यस्तो असिमित रहस्य बुझ्न मानबहरुको सिमित इन्द्रियको क्षमता बाट सम्भब बिषय हाेईन !
मानिसहरुको ईन्द्रियले बिशाल र धेरै सानो बस्तुहरु आँखाले देख्न सक्दैन। सुस्म बस्तुहरु माइक्रोस्कोप (microscope) को सहायताले हेर्न सकिने भएता पनि ब्रमाण्डकाे रहस्यमय बिषय र बस्तुहरू हेर्न र महसुस गर्ने उपकरणहरु हाल सम्म पनि पुर्ण रुपले बिकसित भईनसकेको अवस्था छ।
विशेष क्षमता र अतिन्द्रिय पारि (Beyond the Senses) महसुस गर्नसक्ने क्षमता भएका विशेष दिब्य ब्यक्तिहरुले मात्र केहिहद सम्म पारलौकिक (Supernatural) शक्ति महसुस गर्न सक्ने क्षमता बिकसित गरेका हुन्छन्। त्यस्तो ब्याक्तित्वहरुको भबिस्यबाणीहरु धेरैहद सम्म सहि साबित रहेकाे पाइन्छ।
सर्वशक्तिमान ईश्वरीय सत्ता द्वारा प्रकृतिको माध्यम द्वारा सम्पूर्ण सृष्टि र विश्व–ब्रह्माण्डको सञ्चालन प्रणाली (System) अनुसार सुव्यवस्थित ढंगकाे नियमन - सुचारु रूपमा संचालन गर्ने क्रममा प्रत्येक ग्रह र नक्षत्रले निर्धारित अक्षांश (Latitude) र देशान्तर (Longitude) को माध्यम बाट आफ्नो आफ्ना धुरी (axis) समयचक्रलाई पूर्ण गर्न निरन्तर गतिशील रहेका हुन्छन् ।
ईश्वर (Supernatural Power) द्वारा मानवलाई प्रदान गरिएका विशेष क्षमताहरूको केही व्यक्तिहरू ले अनुचित र गैर–जिम्मेवारि पुर्बक दुरुपयोग गर्दा सम्पूर्ण मानव जातिको अस्तित्वमै गम्भीर खतराहरू उत्पन्न हुन पुगेकाेछ। त्यसैले विश्वका सबै चेतनशील नागरिकहरू समयमै सजग र सतर्क रहन अत्यन्त आवश्यक भइसकेको छ।
नास्तिकवादको विश्वमा पर्दैगएकाे प्रभाव
नास्तिक दृष्टिकोण अनुसार सृष्टिका सबै उत्पत्तिहरू केवल संयोग मात्र हुन्—सूर्य, चन्द्रमा, तारा, वायु, जल, माटोको उर्वरता तथा जीव–जगतको विविधता सबै आकस्मिक घटनाहरू हुन् भन्ने धारणा लिएर बसिरहेका हुन्छन्।
ब्रह्माण्डको सृष्टि र सञ्चालनमा कुनै सर्वोच्च सत्ता वा चेतन शक्तिको भूमिका अस्वीकार गर्नुका साथै कर्म–फल, नैतिक उत्तरदायित्व र दैवी न्यायको अवधारणालाई समेत पूर्ण रूपमा नकारिँदा त्यसको प्रत्यक्ष परिणामस्वरूप — दण्डहीनता, स्वेच्छाचारिता र अनियन्त्रित आचरण बढ्दै गएको साथै धेरै मानिसहरू नास्तिक भावनाबाट पनि प्रभावित भई आफ्नो व्यवहार र आचरण पनि त्यसै अनुरूप ढाल्दै गएका कारण विश्वमा विभिन्न किसिमका संकटहरू निरन्तर गहिरिँदै गएका छन्।
मानव ईन्द्रियकाे सिमित क्षमता
ईश्वर (Supernatural Power) द्वारा-अन्तरङ शक्ति बाट प्रदान गरिएकाे—प्राणीहरुको ईन्द्रियहरू चलाउने सफ्टवेयर — मानवलाई प्रदान गरिएका विशेष क्षमताहरूको केही व्यक्तिहरू द्वारा अनुचित र गैर–जिम्मेवारिपुर्बक ढंगले दुरुपयोग गरिदा सम्पूर्ण मानव जातिको अस्तित्वमै गम्भीर खतराहरू उत्पन्न हुन पुगेकाेछ। त्यसैले विश्वका सबै चेतनशील नागरिक हरू समयमै सजग र सतर्क रहन अत्यन्त आवश्यक भइसकेको छ।
नास्तिकवादले विश्व–शान्तिमा पार्न सक्ने प्रभाव
सृष्टिसम्बन्धी अपूर्ण ज्ञानको कारण साथै चेतनाबाट विमुख हुँदै अनियन्त्रित र अति भोगवादी दृष्टिकोण तथा जीवनशैली अपनाउने प्रवृत्ति अधिकाङस मानवहरूमा तीव्र गतिले बढिरहेको परिणामस्वरूप विश्व क्रमशः असन्तुलित हुँदै विनाशको दिशातर्फ अग्रसर भइरहेको सन्दर्भमा, केही राष्ट्रहरूमा नास्तिक चिन्तन बाट प्रभावित राजनीतिक संरचनाले विश्वस्तरमा विशेष प्रकारका जोखिमहरू बढाइरहेको आकलन गर्न सकिन्छ। यस परिप्रेक्ष्यमा सुधारात्मक कदमहरू अवलम्बन गर्दै बिस्वमा पुनः आस्तिक (Theist) चेतनाको विकास गर्नुपर्ने आवश्यकता महसुस भइरहेको छ।
जब ब्रह्माण्डको सृष्टि र सञ्चालनमा कुनै सर्वोच्च सत्ता वा सचेत सिद्धान्तको अस्तित्व वा भूमिकालाई अस्वीकार गरिन्छ, र नैतिक उत्तरदायित्व, कर्म–फल तथा पारलौकिक न्यायका अवधारणाहरूलाई समेत खारेज गरिन्छ, तब त्यसका केही सामाजिक तथा व्यवहारगत परिणामहरू देखा पर्न थाल्छन्।
यस्ता परिणामहरूमा दण्डहीनता प्रति मानिसहरूकाे बढ्दाे झुकाब — स्वेच्छाचारी निर्णय प्रक्रियाको सामान्यीकरण र नैतिक आत्म–अनुशासन कमजोर हुँदै जानु समावेश छन्।
यस प्रकारका दृष्टिकोणहरूले — जीवन र जगत लाई हेर्ने दृष्टि र व्यवहारगत संरचना प्रभाव पार्दा, आचरणका ढाँचाहरू त्यस्ता दिशातर्फ रूपान्तरित हुन जान्छ — जस्ले गर्दा विश्वव्यापी चुनौतीहरूलाई निरन्तरता दिने र अझ गहिरो बनाउदै लैजाने कार्य गर्छन्। सृष्टि संबधी रहस्यमय ज्ञानको अभावकाे कारणले मानिसहरू आत्माघाति क्रियाकलापलाई पनि प्रोत्साहित गर्ने कार्य गर्दछ्न।
महा बिस्फोटको सिद्धान्त र धारणा
सन 1927 मा एकजना ब्यक्तिले ब्रह्माण्ड-उत्पत्तिको ‘महाबिस्फोट’ सम्बन्धी धारणा विश्व-सामु प्रस्तुत गरेका थिए ! उनको भनाइ बाट प्रभाबित भएर बिस्वमा अनिश्वरवादी (Atheists) समूह तीव्र गतिले बढ्न थालेको हो।
तर यहाँ प्रश्न उठ्छ ;
-
त्यो प्रारम्भिक पिण्ड कहाँबाट आयो ?
-
अत्यधिक तापमान कसरी उत्पन्न भयो ?
-
त्यो विस्फोट हुनुको कारण के थियो ?
यी मूलभूत प्रश्नहरूको विश्वसनीय उत्तर प्रस्तुत गर्ने कोसिश गरिएको देखिदैन। कुनै पनि घटना आफै घटदैन, त्यस्को पछाडि कुनै न कुनै कारण रहेको हुन्छ। टेलिस्कोपको सहायतले देखिने भाैतिक बस्तु र बौद्धिक स्तर बाट गरिएको बिस्लेषणहरू परम सत्य (universal true ) सँग मेल खान्छ भन्ने कुरामा कुनै सत्यता पनि हुदैन।
नास्तिक सोच भएकाहरूको लागि ब्रह्माण्डको रहस्य महसुस गर्ने र बुझ्ने पहिलो ढोका प्राकृतिकरुपमा नै बन्द भईसकेकाे हुनाले सृष्टिको रोमान्चकारि र अद्भुत रहस्य बुझ्न कठिन मात्र हैन असम्भव नै भईसकेकाे हुन्छ !
ब्रह्माण्डको उत्पत्तिबारे प्रस्तुत भौतिक सिद्धान्तले केही सम्रचनाको अनुसन्धान गरेकाे भएपनि, सृष्टि सम्बन्धि परम रहस्य मानवीय इन्द्रिय र भाैतिक औजार को सीमाभन्दा परको बिषय रहेकाे छ।
हरेक निर्माणको पछाडि कारण रहेकाे हुन्छ भन्ने सत्यले — सृष्टि कुनै अन्धो संयोग मात्र होइन, सुव्यवस्थित चेतनाको अभिव्यक्ति हो भन्ने संकेत गर्दछ। सामान्य मानवहरूकाे बुद्धिले महसुस गरेकाे र आखाले देखेको — सत्य नै सम्पूर्ण सत्य हो भन्ने धारणा अपूर्ण छ।
केहिहद सम्म सृष्टिको गहिराइलाई बुझ्न बाह्य दृष्टिभन्दा बढी आन्तरिक चेतनाको जागरणकाे आवश्यकता पर्दछ। जहाँ मानवमनका तर्कहरु मौन हुन्छ, त्यहीँ बाट अनुभूतिको यात्रा आरम्भ गर्न सहज हुन्छ।
अदृश्य शक्तिहरू, सूक्ष्म नियमहरू र अलौकिक आयामहरू सृष्टिको अभिन्न अङ्ग हुन्—आखाले नदेखिए पनि वायु (Oxygen-H2O) को अस्तित्व लाई अस्वीकार गर्न सकिन्दैन। विज्ञान पनि अझै यस्तै सुल्झाउन नसकिएका अनेक रहस्यमय र अज्ञातको खोजमा अग्रसर रहेकाे देखिन्छ।
उच्च चेतनायुक्त ब्यक्तित्वहरूले अनुभूत गरेका सृष्टिका सूक्ष्म सत्यहरू प्रकृति मार्फत सञ्चालित ईश्वरीय व्यवस्था का संकेत हुन्। तिनलाई बुझ्न नसक्दा नास्तिकता, स्वेच्छाचारिता र दण्डहीनताको प्रवृत्ति बढ्दै गएर जीवन संकटग्रस्त हुनजान्छ।
सर्वशक्तिमान ईश्वरिय सत्ता (supernatural power) ले प्रकृतिको माध्यमबाट सृष्टि स्वचालित तवरले सञ्चालन भईरहेकै हुन्छ भन्ने तथ्य बुझ्ने क्षमता नहुने मानिसहरु पनि नास्तिकबाद तर्फ आकर्षित हुँदै गईरहेका हुन्छन्।
प्राणीहरु मध्ये मानव मात्रलाई प्रदान गरिएको बिशेष श्रेष्ठ क्षमता लाई केही व्यक्तिहरूद्वारा दुरुपयोग भइरहेकाे कारणले विश्वका चेतनशील नागरिकहरू समयमै सचेत नरहेकाे खण्ड मा – सृष्टिकर्ता द्वारा मानिसहरू लाई प्रदान गरिएको यो वरदान अभिशाप मा परिणत हुन नपुग्ला भन्न पनि सकिन्न।
युद्धलाई नै अन्तिम विकल्प मानिनुको कारण
ब्रह्माण्डका वास्तविक नियमहरू, उच्च चेतनास्तरका सत्यहरू तथा प्रकृतिको सूक्ष्म व्यवस्थापन प्रणाली बुझ्ने कोसिशमा लागेकाहरू ले—युद्ध, हिंसा, तथा विनाशकारी मानसिकतामा आकर्षित हुनु पर्ने कुनै बिशेष कारण नै रहँदैन। ब्रह्माण्डका रहस्यहरू यथेष्ट मात्रामा रहेकाे भएता पनि अधिकांश मानिसहरू मानव जिवनकाे वास्तविक सार्थकता बुझ्न नचाहेर सामान्य बिषयहरूमा केन्द्रित रहि अमुल्य समय नस्ट गरिरहेका हुन्छन्।
श्रीष्टीको अभूतपूर्व रहस्यको थोरै मात्र झलक पाएको ब्यक्तीहरूले अन्यको जीवनलाई पनि उच्च मुल्यांकन गर्दै आदरपुर्बकनै ब्यबहार गर्ने गर्दछन् । कसैको जीवन समाप्त पार्ने सोच उस्को लागि धेरै टाढाको बिषय मात्र हैन असम्भब नै हुन्छ किनकी उस्ले मानव जीवनको मुल्य र महत्वलाई बुझिसकेको हुनाले अरुले पनि आफ्नो जीवनको मुल्यलाई सार्थक बनाऊन सक्छ भन्ने सोच बिकसित गरेको हुन्छ !
लडाई झगडा गर्ने मानसिकता लिएर हिडने ब्यक्तिहरु लाई अध्यात्मिक चेतनाकाे दृस्टिमा गहिरो बेहाेसिपन काे लक्षण मान्ने गर्दछ । यो मनोरोग भित्र पर्ने समस्याहरू मध्ये सबै भन्दा जटिल भएता पनि कहिले काहि अर्को पक्षको ललकार (Challenge) लाई सबक (lession) सिकाउन र आफ्नो अस्तित्वको रक्षाकै लागी भए पनि लडनु पर्ने बाध्यात्मक परिस्थिती श्रिजना गराई दिएकाे हुन्छ। i
हाेशपुर्बक व्यबहार गर्ने व्यक्तिले जहिले पनि शान्तिपुर्ण समाधानलाई नै पहिलो प्रार्थमिकता दिने प्रयास गरिरहेको हुन्छन । जीवन सुरक्षित रहेमा मात्र प्रकृतिको रोमान्चकारि रहस्य को खोज गरेर जीवनलाई अरू बडि सार्थकता तिर लैजाने कोशिस लाई निरन्तरता दिने प्रयास गर्न सकिन्छ।
चेतनाकाे शिखरमा अर्थात परम सत्यको नजिक पुगेका व्यक्तित्वहरू करूणा (compassion) ले भरिएका हुन्छन। ऊनीहरूले आफ्नो दुख र बन्धनहरु—बुद्धिस्ट दर्शन शास्त्र अनुसार— जन्म, जरा, ब्याधी र मरणकाे दुस्चक्र — लाई निर्मुल गरेर अरूको दुख निबारणका लागि निरन्तर प्रयत्नसिल रहेका हुन्छन् ।
जीवन आनन्द र पुर्णता तिर अघाडि बढाउदै लाने व्यक्तित्वहरूको ब्यबहार हेर्दा उनिहरू प्रति बैरभाव राख्ने दुश्मनहरू लाई पनि क्षमा दिन सक्ने क्षमता बिकशित गरेको पाईन्छ !
बिश्वमा अहिले मानवताको मुल्य र मान्यताहरू घटदै गईरहेको सन्दर्भले गर्दा पनि विश्वका केहि रास्ट्रहरुले हतियारमा बढि भराेसा बढाउदै लैजान थालेका छन । अब यो क्रम रोकिने अवस्था न्यून बन्दै जादैछ छ ! हतियारलाई सर्बोपरि उपाय मानेर त्यस्को छत्र छायामा समस्याहरूको समाधान खोज्नु मानबता प्रति प्रदर्सन गरिने संमबेदनन्सिलता माथि कुठाराघात गर्नु सरहनै हो !
मनुष्य भएर जन्म लिनु स्वयंमा नै कम संकटपूर्ण अवस्था होइन भन्नेहरु पनि कम छैनन् , किनकि जन्मजात रूपमा प्रकृतिद्वारा निर्मित प्रवृत्तिहरू — काम, क्रोध, लोभ, राग, ईष्र्या र द्वेषहरू—समयसँगै मानवहरू लाई कमजोर र अशक्त बनाउँदै लैजान्छन्।
यी प्रवृत्तिहरूको समाधान खोज्नुको सट्टा मानिसले तिनैमाथि अझै थप मानव–निर्मित संकटहरू सिर्जना गर्दै लाने प्रबृती बढाउदैलैजानु लाई निश्चय नै दुर्भाग्यपूर्ण अवस्था नै मान्नु पर्ने हुन्छ।
(परागमन — ट्रान्जिट युद्ध बिराम )
सामान्यतया दुई वटा युद्धहरूको बिचको समय लाई शान्ति मान्ने चलन चलिआएको भएता पनि त्यो समय अर्को युद्धको तैयारिको समयको परम्परा बनिसकेकोले मानबहरूले दिर्घकालिन बास्तबिक शान्तिको अनुभूति गर्न पाउने संभावना देखिन्दैन।
बिश्वशान्तिले हरेक मानिसहरू को मन भित्रको शान्तिलाई पनि गहिरो प्रभाब पार्ने गरिराखेको हुन्छ ! ब्यतिगत मनकाे शान्तिको अभावमा धेरै मानिसहरू अनेक प्रकारको मनाेराेगको शिकार बन्दै जीवन लिला नै समाप्त गरेकाे पाईन्छ।
व्यक्तिगत शान्ति र विश्व शान्ति को अन्तर्सम्बन्ध
व्यक्तिगत शान्ति कुनै बाह्य वस्तु होइन; यो व्यक्तिको चेतना, कर्म र आत्म–बोधको गहिराइबाट उत्पन्न हुने अन्तर्मुख अनुभूति हो। यो शान्ति प्रत्येक मानवले आफ्नो जीवन–यात्रामा बोकेको नैतिक उत्तरदायित्व र विवेकपूर्ण आचरणको मौन प्रतिफल हो। तर यहाँ हाम्रो चिन्तन यस आन्तरिक शान्तिमा सीमित छैन।
यहाँ चर्चा गरिन लागेको शान्ति बाह्य शान्तिको हो—जहाँ मानव समाज लडाइँ, द्वन्द्व, हिंसा र युद्धको भयबाट मुक्त रहुन। यही बाह्य शान्तिले सभ्यताको स्थायित्व र मानव अस्तित्वको निरन्तरतालाई सम्भव बनाउँन मद्दत गर्दछ।
जब व्यक्तिको आन्तरिक शान्ति विघटित हुन्छ, चेतना विचलित हुन्छ र जीवनको अर्थ धुमिल हुन थाल्छ। यस अवस्थाबाट अनेक मानसिक विकार जन्मिन्छन्, र कतिपय अवस्थामा मानिसले आफ्नै अस्तित्वलाई बोझ ठानी जीवन–लीला समाप्त गर्ने मार्ग रोज्दछन्। यो मानव चेतनाको गम्भीर विफलता हो।
केवल आन्तरिक शान्तिको अभाव मात्र यसको कारण होइन। बाह्य संसार निरन्तर भय, युद्ध र असुरक्षाले ग्रस्त रहँदा, व्यक्तिले आन्तरिक शान्ति प्राप्त गर्नु लगभग असम्भव हुन्छ। त्यसैले व्यक्तिगत शान्ति र विश्व शान्ति एक–अर्काबाट अलग हुन सक्दैनन्। यी दुवै शान्ति परस्पर आश्रित छन्—एक कमजोर हुँदा अर्को पनि अस्थिर बन्न पुग्दछ।
यस अर्थमा, विश्व शान्ति केवल राजनीतिक वा कूटनीतिक परियोजना मात्र होइन; यो मानव चेतनाको परिपक्वता र सामूहिक नैतिक जागरणको प्रतिफल पनि हुन्।
मानव चेतनालाई माथि ऊठाउन खोज्ने व्यक्तित्वहरु
यो धर्तिमा बिध्वन्सात्मक क्रियाकलाप गर्ने सोच भएकाहरूले मात्र जन्म लिने गर्दैनन ! मानबहरुलाई शान्ति र सकारात्मक संदेश दिएर जीवनलाई सार्थक बनाऊने ऊपायहरू बताएर गएका दिव्य आत्माहरु पनि विश्वले कहिले काहि पाउने गरेको छ साथै वहाहरूको पुण्य र प्रतापले यो धर्तीमा मानवहरुको अस्तित्व केहिहद सम्म सहज रहेको भएता पनि अहिले आएर त्यस्तो प्रभावहरु निस्तेज हुदै लोप हुने स्थितीमा पुग्नखोजेको आभाष हुदैछ।
विश्व रङमन्चमा मानवहरूको जीबनलाई केहिहद सम्म सहज बनाईदिन र सुमार्गको आन्तरिक पथ प्रदर्सन गर्नमा महत्वपुर्ण भूमिका खेल्ने मुख्य पुराना चार धर्म गुरुहरमानब
श्री कृष्ण – हिन्दु !
गौतम बुद्ध – बुद्धिस्ट !
जिसस क्राईस्ट – क्रिस्चियन र
हजरत मोहम्मदले – इस्लाम धर्मको स्थापना गर्नु भएको थियो!
साथै अन्य महान ब्यक्तित्वहरु : महाबिर, लावत्सु , गोरखनाथ, चैतन्य महाप्रभु, मिरा, कबिर साहब, गुरु नांनक, रामकृष्ण परमहँस, अरबिन्द + मादर, गुरुजीएफ, ओशो, लेखराज बाबा, मिलारेप्पा, रमण महर्सि आदि दिब्य आत्माहरुले पनि बिस्वका मानवहरुको चेतनालाई केहीहद सम्म माथि उठाउने र सुब्यबस्थित गर्ने कार्यलाई निरन्तरता प्रदान गरेकाे पाइन्छ।
अन्य नाम छुटन गएका आदरणीय गुरूजनहरूले पनि याे धर्तीका बासिन्दाहरु लाई सकारात्मक ज्ञान र अहिङसा (nonviolence) को बाटेामा हिडेर जीवन सार्थक बनाउने उपायकाे ज्ञानहरु दिएर जानू भएकाे पाइन्छ। अहिले सम्मको मानव जिवनलाई केहीहद सम्म सहज बनाई दिने भुमिका खेल्नु हुने सम्पुर्ण ज्ञात — अज्ञात गुरूजनहरू प्रती हार्दिक श्रद्धान्जलि अर्पण गर्दछु।
(श्रिष्टि र प्रकृतीको सम्बन्ध )
सर्वशक्तिमान ईश्वर—अलौकिक चेतनाको सर्वोच्च स्रोत—ले प्रकृति मार्फत सम्पूर्ण सृष्टि–संरचना, नियम र सञ्चालन प्रणाली स्थापना गर्नुभएको छ। शास्त्रहरूको भनाई अनुसार, सृष्टिकर्ता द्वारा सृष्टिको दैनिक क्रियाकलापहरुमा प्रत्यक्ष हस्तक्षेप गर्ने चाहना राख्नुहुन्न।
मानव जातिको उन्नति वा पतन—दुवै मानवकै कर्म, विवेक र निर्णयमा निर्भर रहनेछ। विधाताले मानवहरूकाे कर्ममा हस्तक्षेप नगर्नु नै मानवलाई प्रदान गरिएको सर्वोच्च स्वतन्त्रताको अभिव्यक्ति हो। तर स्वतन्त्रतासँग गहिरो उत्तरदायित्व पनि जोडिएको छ। यदि मानवले विश्व–व्यवस्थापन सचेत, सन्तुलित र नैतिक रूपमा संचालन गर्न सकेन भने, र दुरुपयोग भएकाे खण्ड मा त्यसको सम्पूर्ण जिम्मेवारी पनि मानवकै हुनेछ।
मानव आफ्नो भविष्य निर्माण गर्न स्वतन्त्र छ, तर प्रत्येक कर्मको अभिलेख प्रकृतिको चेतनामा सुरक्षित रहन्छ। परिणाम कुनै दैवी क्रोध होइन—याे प्राकृतिक न्यायकाे सिद्धांतमा आघारित छ। यही प्राकृतिक न्यायलाई अधिकास मानवहरूले “कर्मको फल” भनेर सम्बोधन पनि गर्ने गरेकाे पाइन्छ।
ईश्वरले आफैले स्थापना गर्नुभएको सृष्टिका नियमहरू तोड्नुहुन्न भनेर धार्मिक शास्त्रको भनाई रहेकाेछ। ती नियमहरू अटल, निष्पक्ष र सार्वभौमिक छन्। मानवले जस्तो कर्म गर्दछ, त्यस्तै परिणाम उसलाई प्राप्त हुन्छ—यो कुनै दण्ड होइन, सृष्टिको सन्तुलन प्रणाली हो।
मानव जातिलाई सृष्टिकर्ताले अन्य प्राणीहरूभन्दा विशिष्ट चेतना, विवेक, सिर्जनशीलता र शक्ति प्रदान गरिएको छ। तर यो शक्ति वरदान पनि हो र चेतावनी पनि। येस्को सदुपयोगले मानव सभ्यता माथि उठाउछ; र दुरुपयोगले विनाश निम्त्याउँछ।
आज विश्व संकटको मूल कारण प्रकृतिका नियमहरूप्रति अज्ञानता र अवज्ञा नै हो। नबुझेर, नचाहेर वा जानाजानि प्रकृतिको नियमहरू ताेडेर गरिएका कार्यहरूले मानव जाति स्वयं प्राकृतिक दण्ड प्रणालीको भागीदार बन्नु पर्ने हुन्छ।
यदि आधुनिक प्रविधि, विज्ञान र ज्ञानलाई नाफा, युद्ध र प्रभुत्वका लागि होइन—पर्यावरण सन्तुलन, सहअस्तित्व र जीवन–संरक्षणका लागि प्रयोग गरियो भने, पृथ्वीले वर्तमान जनसंख्या भन्दा धेरै गुणा जीवनहरुलाई दीर्घकालसम्म सहज रूपमा धान्न सक्छ।
आज हतियार प्रतिस्पर्धामा खर्च भइरहेको पूँजी, श्रम र बौद्धिक शक्ति यदि आधा मात्र पनि मानव कल्याण, शिक्षा, वातावरण संरक्षण र चेतना विकासमा लगाइयो भने—यो संसारको स्वरूप नै रूपान्तरण हुन सक्छ। तर दुर्भाग्यवश, मानव कुनै अदृश्य लोभ, भय र अहंकारको प्रेरणामा पतन र विनाशतर्फ अग्रसर भइरहेको देखिन्छ।
जनसंख्या सन्तुलन प्रकृतिको आफ्नै व्यवस्था हो। पृथ्वीको वहन क्षमताभन्दा बढी बोझ परेपछि, प्रकृतिले स्वयं सन्तुलन पुनःस्थापित गर्छ—जसरी भरिएको पात्रबाट पानी स्वाभाविक रूपमा बाहिर पोखिन्छ। यस प्रक्रियामा हस्तक्षेप गर्नु न बुद्धिमानी हो, न सुरक्षित।
प्रकृतिको स्वाभाविक प्रक्रिया र नियमहरूमा जबर्जस्ती हस्तक्षेप गर्नु प्राकृतिक दृष्टिले दण्डनीय कार्य हो। येस्तो कार्यहरुको सजाय प्राकृतिको नियम अनुसार नै हुने गर्दछ।
सृष्टि सम्बन्धी अज्ञानता, विवेकहीन विकास र चेतनाको पतनका कारण — सम्पूर्ण मानव जाति एक निर्णायक मोडमा उभिएको छ। अबको विकल्प स्पष्ट छ—चेतनाको जागरण वा सभ्यताको पतन।
यस घोषणापत्रको मूल आह्वान पनि यही हो—मानवले स्वयंलाई केवल उपभोक्ता होइन, सृष्टिको सचेत संरक्षकको रूपमा पुनःपरिभाषित गरोस्। यही पुनर्जागरण नै विश्व शान्ति, दीर्घकालीन अस्तित्व र मानव भविष्यको एकमात्र आधार हो।
विश्वमा धेरै मानिसहरूको तामसि असुद्ध र अभक्ष भोजनको बढदो प्रयोगको कारणले पनि आचरण र व्यबहार बिग्रदै गएर नकारात्मक सोच बढदै जानुका कारणले धेरै जस्तो परिस्थितीमा मानिसहरूले आफ्नो कारण बाट बनेको बाहिर प्रतिबिम्बित हुने प्रक्षेपित छाया दुश्मनहरू लाई नै बास्तबिक शत्रु ठान्ने भ्रमको कारणले गर्दा पनि बिश्वमा लडाई, झगडा र युद्ध जस्ता कृयाकलापहरू लाई रोक्न असमर्थ भईरहेका छन।
बिश्वमा जुनसुकै युद्ध रोक्नको लागि भएपनि नया बिश्व “ को अवधारणामा चाडै प्रबेश गर्न आवस्यक महसुस हुन्छ। कदाचित विश्व युद्ध भएको खण्डमा कोहि बाच्न सफल भईहाले भने पनि त्यस्बेला — यो धर्तिमा बाच्न लायक होला जस्तो पनि देखिदैन किनकि बिभत्स र कहालि लाग्दो दृश्यले मर्नेहरु को भन्दा कम खराब हालत नहोला भन्न सकिन्न।
समानान्तर बिपरित शक्तिको ऊदय
यो एक बिश्वको अवधारणाकाे बिषयमा एक जना अध्यात्मिक पृष्टभुमिका सतहतर (७७) बर्षको संन्यासि सङ भेट हुदा एकबिस्वको प्रसङ्ग बारे उनले आफ्नो धारणा प्रस्तुत गर्दै भनेका थिए ” एउटै घर भित्रकै आठजना सदस्यहरूकाे त आपसमा बिचार र शिद्धांत मिल्दैन , बिश्वका आठ अरब मानिसहरूले याे एक विश्वको अवधारणालाई कसरी स्वीकार गर्लान् ? “
मैले भने ” तिनिहरूलाई नस्ट पार्ने दुश्मन शक्ति उत्पन्न भएको महसुुस भएमा सबैजना मिलेर सामना नगरि हुन्छ ? ” भनेपछि उनले सकारात्मक दृस्टी राख्दै यस कार्यलाई निरन्तरता दिईरहन समेत कुराकानिको दौरानमा पटक पटक अनुरोध पनि गरेका थिए।
संभवत उनि पुनर्रजन्म (Reincarnation) को बिषयमा पनि केहि जानकारी राख्दथिए ; कदाचित मृत्यु पछि मुक्तिधाम प्राप्त गर्न सकिएन र जन्म मरणको दुस्चक्रमा परेर फेरी पनि — पुनरपि जननम पुनरपि मरणम — यहि पृथ्वीमा बार बार आउनु पर्ने स्थिती बन्यो भने अझ कुरूप बन्दै गईरहेकाे संसारको सामना गर्न नपरोस भन्ने चाहना पनि रहेको हुनसक्छ ! मुक्तिधाम प्राप्त गर्नु धार्मिक आस्था लिएर हिडनेहरूको लागि मुख्य उदेश्य रहेको मानिन्छ !
उनि गृहस्ति संन्यासी रहेको कारणले भावि पिढी र सन्ततिहरूको भबिष्य प्रति सजकता अपनाउन खोजेको जस्तो पनि देखिन्थे। जे भएपनि सम्पुर्ण पृथ्वीबासिहरू काे लागि आणविक हतियारहरू समानन्तर (parallel) दुश्मन शक्तिको भुमिकामा उदयमान गराईसकेकाे छ।
धार्मिक शास्त्र उपनिषदमा उल्लेखित स्लोक :
सर्बे भवन्तु सुखिन:। सर्बे सन्तु निरामय:!! सर्बे भद्राणि पस्यन्तु। मा कस्चित दुखः भाग्भवेत् !!
तात्पर्य ; सबै सुखि रहुन, सबै निराेगि हुन्, सबैकेा जीवन मङल बमाेस, सबैकाे दुख: कष्ट समाप्त भएर जाओस्।
प्रस्तुत श्लोक, जो पूर्वीय धार्मिक ग्रन्थहरूमा हजारौँ वर्षअघि उल्लेख गरिएको भएता पनि अहिले पनि याे बिचार र भावना उतिकै महत्त्वपूर्ण र सान्दर्भिक रहिरहेको छ। यस श्लोकमा व्यक्त दार्शनिक दृष्टिकोण तथा नैतिक आदर्शहरू यदि वर्तमान बिस्वको शासन संरचनाहरू विशेषतः संयुक्त राष्ट्र संघ (UNO)—द्वारा पर्याप्त रूपमा आत्मसात् गरियाे भने, भविष्यमा विश्व–व्यवस्थाको स्थायित्व गम्भीर रूपमा प्रभावित हुने सम्भावना प्रबल देखिन्छ।
यस श्लोकले मानवहरूलाई सह–अस्तित्व, करुणा, परस्पर सहयोग तथा सार्वभौमिक कल्याणको मार्ग तर्फ स्पष्ट दिशानिर्देश प्रदान गरेकाेछ।
वर्तमान विश्व–परिस्थितिमा कुनै पनि व्यक्ति वा राष्ट्र यदि आफूलाई सुरक्षित, स्थिर र समृद्ध राख्न चाहन्छ भने, उसले अनिवार्य रूपमा अन्य व्यक्ति तथा राष्ट्रहरूको सुख–दुःख प्रति संवेदनशील र उत्तरदायी व्यवहार अपनाउनु अपरिहार्य हुन्छ।
सह–अस्तित्व र सामूहिक कल्याणको यो सिद्धान्त केवल नैतिक आवश्यकता मात्र होइन, दीर्घकालीन शान्ति र स्थिरताका लागि व्यवहारिक अपरिहार्यता पनि हो।
जो व्यक्ति वा राष्ट्रहरूले अरूलाई पीडा पुर्याएर क्षणिक लाभ र सुखमा रमाउन खोज्छन्, तिनीहरू पनि ‘कर्म–सिद्धान्त’ को सार्वभौमिक नियमबाट अछुतो रहन सक्दैनन्। प्रकृतिको नियम अटल र अविचलित छ—प्रत्येक व्यक्ति तथा समाजले आफ्ना कर्महरूको परिणामको सामना अनिवार्य रूपमा गर्नैपर्छ।
विश्वका ४ ठुला धर्महरु को उत्पत्ति र धारणा
बिश्वमा प्रचलित ठुला चार वटा धार्मिक सम्प्रदाय - हिन्दु , बुद्धिस्ट , कृस्चियन र मुस्लिम मध्ये पहिलो दुईवटा हिन्दु र बौद्ध मार्गिहरू पुनर्रजन्मको धारणा प्रति बिश्वस्त रहेको देखिएता पनि बाकि दुई वटा धार्मिक सम्प्रदायहरू ले मानिस मरे पछि फेरी अर्को जन्म लिन्छ भन्ने कुरा उनिहरू पुर्णरूपमा बिस्वस्त रहेको पाइन्दैन।
भिन्न संस्कार र धारणाको कारणले जीवन जिउने तरिका र सोच्ने ढंग पनि फरक रहेको हुन्छ। धार्मिक दृस्टीकोण र मान्यता पनि आ-आफ्नो गुरुहरुको खोज र अनुसन्धान अनुसारको व्याख्या र बिस्लेषण पनि फरक रहेको महसुुस हुनु स्वभाबिक नै हो।
विश्वमा देखापरेको ४ वटा पुरानाे धार्मिक सम्प्रदाय मध्ये सबै भन्दा नयाँ (latest) धार्मिक सम्प्रदाय इस्लामको सुरुवात हजरत मोहम्मद साहाबले सातौ सताब्दी तिरबाट सुरूवात गर्नु भएको थियो। विश्वमा सन्ताउन्न (५७) देशहरू इस्लामिक धर्म रहेको भनिन्छ ! कुरान मुख्य धार्मिक ग्रन्थ मानिन्छ। उनिहरूले सर्बोच्च शक्ति (supreme power) लाई अल्लाह को नामले सम्बोधन गर्दछन।
यो रचना केहि फरक दृस्टीकोण राख्ने भएकाे हुनाले अधिकांश पाठकबर्गहरूले यो धारणा प्रस्तुतकर्ता लाई अनेक संज्ञाहरू मध्ये पागलपन को संज्ञाले बिभुसित नगर्लान भन्न पनि सकिदैन । यो लेखमा बिश्वका संम्पुर्ण मानवहरुको कल्याण रहेको हुनाले त्यस भित्र मेराे पनि अस्तित्व समाहित रहेको हुदा सो उपाधिलाई आभुषणको रूपमा स्वीकार गर्दै, जन जागरणको कार्यलाई निरन्तरता दिने कार्य चलिनै रहनेछ !
आणविक मुक्त बिश्वको परिकल्पनालाई मुर्तरुप दिन र बहुसंख्यक बिश्व जनमतले चाहेको बास्तबिक शान्तिकाे चाहना प्रतिबिम्ब हुने खालकाे वातावरण श्रिजना गर्दै लैजाने अभियानमा जुट्न बिश्वका सम्पुर्ण शान्तिप्रेमि व्यक्तित्वहरूमा यसै लेख मार्फत आव्हान समेत गरिन्छ।
बिश्व शान्ति र मानव कल्याणमा लागेका धार्मिक संघ सस्थाहरूले पनि आफ्नो संगठन सङ जाेडिएकाे श्रद्धालु भक्तजनहरू समक्ष पुर्याउन सकेमा धार्मिक पुण्यकै कार्यहरू मध्ये एक सम्झिएर विस्तार गर्दै लानसकेकाे खण्डमा थप जिम्बेबारी र अहिले गर्नु पर्ने सबै भन्दा महत्वपुर्ण कर्महरू मध्ये यो रचनालाई प्रचार प्रसार गर्दै लगेमा मात्र पनि बिश्व हितको कार्यक्रमहरु मध्ये यो पनि एउटा सकारात्मक कार्य मध्ये एक हुनजाने संम्भावनालाई पनि ईन्कार गर्न सकिदैन थियो कि ?
वास्तविक सच्चा धर्मले “आफु पनि बाच र अरूलाई पनि बचाउ “ को सिद्धांत र नितीलाई नै लिएर हिडने गरेका हुन्छन् । समयले कसैलाई पनि पर्खिन्दैन ! असमयमा गरिने कार्यको कुनै खास मुल्य पनि रहदैन !
मानिसहरूमा धार्मिकता तिर अभिरूचि बढदै जान थालेमा धार्मिक संघसंस्थाहरू लगायत बिश्वका विभिन्न धर्म एवं सम्प्रदायका गुरूजनहरूको कार्यक्षेत्र पनि बिस्तार हुनगई उत्तरदायी बढ्न जाने संभावनालाई पनि इन्कार गर्न सकिन्न — किनकि भौतिक सम्पन्नता पछि शान्तिपुर्ण बाताबरण बन्दैजादा स्वभावैले मानिसहरू अर्को आयाम (dimension) खोज्ने प्रबृति रहेको हुन्छ।
बिश्वशान्ति लाई सहयोगि हुने पाँच वटा बिषयहरू
१) सबै राष्ट्रहरूका घातक हतियारहरू पुर्ण रूपले नस्ट गर्न आवश्यक छ।
२) संसारभर नै सकेसम्म एउटै खाले सिक्का (currency) प्रचलनमा ल्याउनु आवस्यक छ ।
३) पासपोर्ट र भिसाको जटिल प्रक्रियालाई सहज बनाउन वा हटाउन जरूरि छ।
४) नयाँ बिचार र धारणा बाट प्रेरित भएर बनेको सम्पुर्ण राष्ट्रहरूको एउटै मात्र केन्द्रिय सरकार (central government) रहन आवस्यक छl बाकि देशहरू प्रान्तको रूपमा रहेमा सर्बोच्च सासन ब्यबस्था स्थापित हुन जाने थियाे कि ?
५) हरेक रास्ट्रको प्रतिनिधिले मतदान मार्फत — एक विश्व एक सरकार (One world One Government) मार्फत बनेकाे — केन्द्रिय सरकार वा प्रमुखहरूको चयन गर्दा नया विश्वमा प्रबेशको सार्थकता बढेर जाने र विश्व का मानवहरुको सबैभन्दा ठुलाे चुनाैतिकाे रूपमा देखिएकाे युद्ध साथै अन्य जटिल समस्याहरु पनि संभवत समाप्त भएर जाने भएकाे हुनाले — विश्व ईतिहासमा नयाँ युगकाे सुरूवात हुन जाने थियाे कि…
कसै सङ अन्य सटिक (authenticate) विकल्पहरु भए आफ्नो तरिका (style) बाट प्रस्तुत गरिहाल्न अनुराेध पनि गरिन्छ — किनकि त्रिकालदर्सी भबिस्यवताहरूकाे भबिस्यबाणीहरुले पनि विश्व बिनाशको समय नजिकिदै गईरहेकाे बताएका छन्।
प्रख्यात धार्मिक संस्था ब्रह्मकुमारीका संस्थापक लेखराज बाबाका कथनअनुसार विक्रम संवत् २०९३ देखि २०९५ (ईस्वी सन् २०३६ देखि २०३८) को अवधिमा विश्वस्तरमा भीषण परिवर्तन हुने समय रहेकाेले — युद्ध तथा प्राकृतिक विपत्तिहरूका कारण व्यापक बिस्व विनाशको सम्भावना व्यक्त गरिएको छ। उहाँले यस कालखण्डलाई एक निर्णायक संक्रमणकालका रूपमा चित्रण गर्नुभएको छ।
यदि उहाँलाई त्रिकालदर्शी — अर्थात् भूत, वर्तमान र भविष्यका साक्षी — का रूपमा स्वीकार गरिन्छ, र यदि उहाँको उक्त कथन परमसत्यको साक्षात्कारबाट दिब्य दृस्टी प्रप्त भएर भविष्यमा सत्य सिद्ध भएमा, विश्व मानवताका सामु लगभग १० देखि १२ वर्षको अत्यन्त महत्वपूर्ण समय मात्र शेष रहने देखिन्छ। यस्तो धारणा व्यक्त गरिएको छ कि यस विश्व बिनाश को परिवर्तन पछि अत्यन्त न्यून सङ्ख्यामा मात्र मानिसहरू जीवित रहनेछन्।
पृथ्वीवासीहरूले आफ्नो सोच परिवर्तन गर्ने साहस जुटाउन सकून् — अहंकार, प्रतिस्पर्धा र विभाजनको मानसिकतालाई त्याग्न सकून् — यदि भयको स्थानमा जागरूकता र वर्चस्वको स्थानमा सहकार्यलाई अँगाल्न सकेभने विनाशकाे सम्भावना टरेर — नवयुगको प्रारम्भमा रूपान्तरित हुन सक्नेछ।
नयाँ युग आकाशबाट झर्दैन; त्यो जागृत चेतनाबाट जन्म लिन्छ। जस्ताे हाम्रो विश्व मानवहरुको सामूहिक भावनाकाे बहुमत हुनेछन्, त्यस्तै विश्वको वातावरण निर्माण हुदैजानेछ। आज विकल्प स्पष्ट छ: अचेत संघर्षको मार्ग — वा जागृत परिवर्तनको प्रारम्भ।
समय केवल बितिरहेको छैन, समयले नै हामीलाई पुकार गरिरहेको छ अतः प्रश्न केवल भविष्यवाणीको होइन, मानव चेतनाको रूपान्तरणको हो।
सोच्ने तरिकामा बदलाहटको आवस्यकता
सम्पुर्ण राष्ट्र को सह-अस्तित्व लाई सम्मान गर्दै सोच्ने दृष्टिलाई पनि फराकिलो बनाएर – बिश्वमा एउटा शासन एउटै पद्धती (One World, One Government) को व्यवस्था संचालन हुने स्थिती बनेमा बिश्व सुरक्षित र सुव्यवस्थित हुन सक्ने संभावना प्रबल बन्दैजाने कुरामा दुईमत नहोला l
तेरो मेरो को भावनालाई घटाउदै सम्पूर्ण प्राणि एउटै ईश्वरको सन्तान हुन भन्ने भावना बिकशित गर्दै एउटा सरकार र बिश्वका सम्पुर्ण राष्ट्रहरू प्रान्तको रूपमा आ-आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्दै अघाडि बढेमा बिश्व अझ सुव्यवस्थित बन्दै जान सक्ने थियो कि ?
सबै राष्ट्रका श्रिषस्त स्थानमा रहेर नेतृत्व गरेका ब्यत्तित्वहरूले अवकाश (Retired) काे जीवन बिताउदै गर्दा आत्माबोधको बाटो र प्रकृर्तिको रहस्यलाई पनि केही हद सम्म जान्न र बुझ्नको लागि मार्ग प्रसस्त गर्दै आफ्नो साथै यस संसारलाई पनि अझ बढि सुन्दर बनाउन सक्ने भुमिका तैयार गर्न मद्दत पुग्न जाने थियो कि ?
बिस्वमा भेदभावकाे दृस्टी बदलिदै जाने भएकाे कारणले — भाईचाराकाे सम्बन्ध (Brotherhood relationship) पनि बढदै जाने भएकाेले गर्दा हरेक देशले जानेकाे सीप (skill) एक अर्का लाई आदान-प्रदन गर्न सहज पनि हुन जाने कुरामा दुईमत नहाेला।
जुनसुकै धार्मिक तथा अध्यात्मिक क्रियाकलापहरु बाट चेतनाको उच्च स्थितीमा पुगिसकेका सबै ब्यक्तित्वहरूले अन्य जुनसुकै धर्म सम्प्रदाय का ब्यक्तिहरू लाई सम्मानको दृस्टीलेनै व्यबहार गर्ने गर्दछन किनकि त्यस्तो ब्यक्तित्वहरूमा भेदभावकाे दृस्टी लगभग समाप्त भैसकेकाे हुन्छ । कसैले कसै प्रति ईर्ष्या, र घृणाको भावना उत्पन्न गर्नु पर्ने कुनै खास कारण नै देख्दैनन। तर अल्पज्ञान (little knowledge) बिशेष गरेर अध्यात्मिक क्षेत्रमा खतरनाक नै साबित भएको पाइएकाेछ।
बिश्वका सम्पुर्ण चेतनशिल नागरिकहरूले समयमा नै सचेत रहेर संम्पुर्ण मानव प्रती गरिने नकारात्मक कृयाकलापहरू लाई न्यूनीकरण गर्दै लैजान अहिले देखि नै गम्भीरतापुर्बक लाग्न आवस्यक छ ! हरेक ले सुरूवात आफै बाट गर्नु पर्दछ ! कालान्तरमा येस्तै भावना र कार्य गर्नेहरुको बहुमत बढदै गएर विश्व बाताबरणलाई नै सकारात्मकता तिर अघि बढदै लाने कार्य गर्दछ !
विश्व बिनाश र धरापपुर्ण परिस्थिती बन्दै गईरहेकाे याे परिप्रेक्ष्यमा प्रतेक संवेदनसिल नागरिकहरूले पनि आ-आफ्नो तर्फ बाट के कस्तो भुमिका खेल्दै रहेकाछाै र खेल्नु पर्ने थियो ; भन्ने बारेमा आत्मा समिक्षा गर्न ढिला गर्न हुदैन की ?
भबिस्यमा तेस्रो बिश्वयुद्ध नहोस भन्ने सबैले कामना गरौ — दोस्रो बिश्वयुद्धमा लगभग सात करोड पचास लाख मानिसहरूको बलिदान पछि मात्र पृथ्वीको वातावरण केही हद सम्म शान्त हुनगएको देखिन्छ l त्यती नै संख्यामा मानिसहरू घाईते र अपाङ्ग पनि भएका थिए भनिन्छ l
Reminder :- बिश्वयुद्धको अन्य रोचक पक्षहरू सम्बन्धि अन्य बिबरणहरु यसै सन्दर्भको भबिष्यमा प्रकाशित हुने पुस्तकमा पनि अझ बिस्तारमा लेखिने प्रयास गरिनेछ!
अब उप्रान्त जो कोही यो बिग्रदै गईरहेकाे बिश्व परिबेस लाई लिएर ज्यादा चिन्तित र बिबशतापुर्बक जीवनयापन गर्नु पर्ने आवस्यक छ जस्तो लाग्दैन । याे लेखलाई राम्ररी अध्ययन गरीसके पछि, सेयर (share) गर्नाले मात्र पनि मन हलुका हुदै गएको महसुस हुनु पर्ने हो — नत्रभए दुई चार चाेटि काेशिस गरेर त हेरौं।
जीवन मुक्ति / माेक्षको चाहना राख्ने ब्यक्तिहरुले पनि यो जन्ममा मुक्तिधाम प्राप्त गर्न सकिएन र जन्म / मरणको दुस्चक्रमा परि “ पुनरपि जननम, पुनरपि मरणम ” काे स्थिती बाट छुटकारा पाईएन भने फेरि फेरि आउनु पर्ने धरातल निश्चित रूपमा यहि पृथ्वी नै हुन जाने छ।
हरेक व्यक्तिहरु को कर्मको लेखाजाेखा श्रीस्टीकर्ताले बनाएको प्रकृतिको प्रणाली (system) मा रहेको हुन्छ — अत प्रतिफल पनि प्राकृतिक तवर बाट नै आऊने गर्दछ ! प्रत्येक देशको पालो पनि त्यस देशका नागरिकहरूको सामुहिक औसत कर्मको आधार बाट कर्मको फलको निर्णायक डिजाइन प्राकृर्तिक तवर बाट क्रमिक रूपमा हुदै नरहेको होला भन्न पनि सकिन्न।
बिश्वको जुनसुकै समस्याहरूको समाधान यहि पृथ्वीका बासिन्दाहरुले नै गर्ने हो । अन्य ग्रह बाट आएर कसैले पनि यस पृथ्वीको समस्यालाइ समाधान गरिदिनेवाला छैन !
अब यस धर्तिमा धर्म, सम्प्रदाय र जेहादको नाममा वा अन्य कुनै प्रकारको युद्ध नहोस भन्ने कामना र प्रयास सबैले गर्न आवस्यक छ । यो अवधारणा एक संसारको प्रयोगात्मक परिक्षणको नतिजा आउन केहि समय लाग्न सक्छ किनकि चेतना बढन र फैलिदै जान त्यति सहज र तत्कालै परिणाम आइहाल्ने पनि हैन ।
अहिले यो सानो लेख मात्र प्रस्तुत गरिएकोले यस बिषय सङ सम्बन्धित छोटो र मिल्दोजुल्दो राेचक प्रसङ्ग र बिचारहरू कसै संग भए र राख्न योग्य ठहरिएमा निकट भबिस्यमा निस्कने यसै सन्दर्भको बिस्तृत एवं रोचक प्रसङ्ग सहितको पुस्तकमा व्यक्तिकाे नाम ठेगाना र फोटो सहित समेटेर प्रकाशित गरिनेछ ।
प्रारम्भिक कार्यको सुरूवात सानो झिल्का कै रूपमा देखा पर्ने भएता पनि समय सापेक्ष तरिकाले यस्को महत्व र आवस्यकताले अभिरूचि र सजगताहरू पनि बडाउदै लैजाने निश्चित छ ।
कुनै पनि श्रिजनसिल कार्यहरूको लागि, साथ र सहयोग गर्न तत्पर हुने सकारात्मक सोच र चिन्तन लिएर हिडने व्यक्तिहरूको बिश्वमा कमी रहेको हुँदैन। बिषयको उद्देश्य र महत्ब ले हरेक कार्यहरुमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेकाेहुदा — नेतृत्व गर्ने व्यक्तिहरू को पनि यो दुनियामा कमि रहेको हुदैन तर उनीहरूलाई के प्रयोजनको लागि र त्यस्को उपयोगिता को बारेमा आवश्यक जानकारि हुन जरूरी हुन्छ।
सही समयमा, सही अवसर पाएन भने ती शक्तिहरू ले सकारात्मक परिणाम दिन सक्दैन । अब समय आएको छ — निस्क्रिय रहेर बसेको विश्वको सकारात्मक क्षमताहरूलाई जागृत गरेर एकताको सुत्रमा बाँघेर संसारलाई “नयाँ दिशा र नयाँ युगतर्फ” अघि बढाउदै लिएरजाने।
सोच्ने तरिकामा मात्र पनि परिवर्तन आउनसके विश्वले सकारात्मक परिवर्तनको आकार बन्दैजान धेरै समय लाग्ने छैन। अहिलेको स्थितीमा सम्पुर्ण बिश्वका मानवहरूको भलाई र चाहना संभवत यसैमा निहित रहेको हुनुपर्छ!
घातक हतियार र विश्व को भु-राजनिति
हतियारकै भरमा बिश्वको भू-राजनीति अब धेरै लामो समय सम्म टिक्न सक्ने स्थिती देखिन्दैन। भय र आतंकको छायामा मानिसहरू धेरै लामो समय सम्म रहन पनि चाहदैनन ! त्यस्तो परिस्थितीमा जिउनु र आत्मा सम्मानित जीवन निर्वाह गर्नु फरक परिस्थिति भएको हुनाले विश्वमा लडाई, झगडा र युद्धको स्थिती बार वार उत्पन्न हुन पुग्दछ ।
यस्तो साेच र कार्यहरूले अन्तत्वगत्वा मानबहरू लाई पतन र बिनाशको मार्गतिरनै लैजाने कार्य गर्दछ। अत यस्तो कार्यलाई निरुत्साहित गर्दै सकारात्मक कार्य हरूलाई प्रोत्साहित हुँदै जाने कर्मको थालनि गर्न अबकाे आवश्यकता बनिसकेको छ।
हरेक व्यक्तिले आफ्नो कमि कमजोरीहरू लाई न्युनिकरण गरी जीवन सरल र आनन्दित बनाउने उपायको खोजी गर्दै “ आफु पनि बाच र अरू लाई पनि बाच्न देउ “ भन्ने उच्च नैतिक शिद्धांतको अनुसरण गर्दै मानव जीवनलाई अरू बढि सार्थक र गरिमामय बनाउदै लैजान सबैले आ-आफ्नो क्षमता अनुसारको भुमिका अहिले देखिनै खेल्दै सकारात्मक बाताबरण तैयार पार्दै नयाँ बिश्व प्रबेशको तैयारीमा जुटन सबैमा आव्हान पनि गरिन्छ!
प्रतेक व्यक्तिलाई आफ्नो जिवन सर्बोपरी र महत्वपूर्ण लाग्नु स्वभाविकै हो । जीवन रहे मात्र अन्य बिषयहरुले मह्त्व राख्दछ । जस्तो सुकै संकटकाे घडिमा पनि मानिसहरू पहिले आफ्नो जीवन रक्षाकाे उपायमानै ध्यान केन्द्रित गर्नु सर्वोत्तम बिबेकको प्रयोग मानिन्छ। हरेक प्रकारको जोखिमलाई न्यूनीकरण गर्दै लैजानु प्रतेक चेतनसिल नागरिकको प्रमुख कर्तव्य र दायित्व पनि हाे ।
हतियार बनेपछि त्यसको प्रयोग हुने सम्भावना बढेर जान्छ । विश्वको अहिलेको परिस्थिति बाट बन्दै गएको परम्परा र जटिल अवस्थाहरू लाई कम गर्नुको सट्टा अझ बढाउदै लैजाने खाल्को रहेकोले बिश्वको राजनीति र सामाजिक संम्रचना नबदलिए बिनाशका दिनहरू धेरै टाढा नरहेको सङ्केतहरू देखिन थालेको छ।
अहिलेको विश्वका अधिकाङस मानवहरु जुन प्रकारको मानसिकता लिएर हिडिरहेका छन, त्यस्ले भविष्यमा तेस्रो विश्वयुद्ध निम्त्याउने प्रबल संभावना देखिन्छ किनभने उनिहरूमन – ईर्ष्या, घृणा, द्वेष, जलन, र पुरानै समयदेखि मनमा पालिएका प्रतिशोध तथा शत्रुताका भावहरू विश्वमा – घटनुको सट्टा बढ्दै गईरहेएका छन्।
हतियारहरूको विस्तार र विश्वमा रहेका मानबिय गुणहरू खस्किदै (decline) जानुले यो कुराको संकेत गर्दछ। विश्वको परम्परागत सोचलाई समय संगै बदल्न नसकेर वा नचाहेर अहिले यो स्थितीले बिकराल रूप धारणा गर्न नसक्ला भन्न सकिन्न ।
“सबैले यो संसारलाई चिहानघारी हैन, फुलबारि बनाउने मानसिकता मा ध्यान केन्द्रित गरेर हिडने हो कि ?
अबको बिश्व अर्को पक्षलाई आतंकित र भयबित बनाउदै सताउने र तर्साउने गरेर बाताबरणलाई असन्तुलित र धराप बनाउदै लैजाने कृयाकलापको अन्त्य गरेर सह-अस्तित्व को शिद्धान्तलाई पालना गर्दै मानविय संवेदना र एक अर्काको भावनालाई कदर गर्दै बिश्वलाई अझ सुन्दर बनाउने कार्यमा सहयोग गर्दै विश्वको पर्याबरण सन्तुलित बनाउदै लैजाने कार्यमा सहयोग गर्दै लैजान सबैको कर्तब्य पनि हो !
सम्पुर्ण बिश्वका सम्रचनाहरु एउटै ईश्वरिय शक्तिको सम्रचनागत अस्तित्व बाट उत्पन्न भएका हुन भन्ने भावना र आसयलाई राम्रो संग मनन गर्नसके बिश्वशान्ति को सन्दर्भमा सकारात्मक प्रभाव पर्न सक्ने निश्चित छ।
तालि र गालिको सम्भावना
याे अवधारणा प्रस्तुत गर्दा तालि र गालि दुबै आउन सक्ने संभावना रहेता पनि , कुन चाहिँ बढि आउने हाे भबिस्यकाे गर्भमा नै रहेकाेछ । मेराे तर्फ बाट दुबै प्रतिकृयाहरू लाई बराबरि स्वागत रहनेछ ।
जनहितको लागि गरिने हरेक कार्यको सुरूवात हुनुलाई प्रारम्भिक चरणको मार्ग निर्देशन (Road map) ले भबिष्यमा सकारात्मक वा नकारात्मक नतिजा आउन सक्ने आभाष दिलाउछ।
राईटब्रदर्सहरू ले पनि हवाइजहाजको निर्माण कार्यको परिकल्पना नगरेको भए अहिलेको मानिस हरूले यसरि टाढा सम्म सुगम हवाईयात्रा गर्न पाउने संभावना पनि थिएन। ऊनीहरूकाे कार्यलाई त्यति बेलाका मानिसहरु ले पागलपन को संज्ञा नदि्एका पनि हैनन, तर उनिहरुले आफ्नो कार्यलाई निरन्तर अघाडी बढाउने कार्य लाई राेकेनन् l
महत्त्वपूर्ण निस्कर्ष - Conclusion
प्रकृतिले सधैं त्यही फर्काउँछ, जुन मानिसले उसलाई अर्पण गर्छ। यदि हामी घृणा छर्छौं भने, त्यो व्याज सहित फर्किनेछ; तर यदि हामी प्रेम छर्छौं भने, त्यो फूलको वर्षा बनेर बर्सिनेछ !
त्यसैले सम्पूर्ण विश्व समुदायलाई आह्वान गरिन्छ की — आओ, हामी सबै आफ्ना सम्पूर्ण मतभेदहरू लाई त्यागौँ, आफ्ना सिमित सीमाहरू मेटाऔँ, र मानवहरुको साझा आत्मालाई सकारात्मक व्यवहार गरौ ।
अब बिस्वका मानवहरूलाई युद्ध होइन — शान्तिको क्रान्ति चाहिन्छ।
अब घृणा र प्रतिसोध होइन — विश्वास र प्रेमपुर्ण व्यबहार चाहिन्छ।
अब विभाजन होइन — एकता बढाउदै लैजाने वातावरण चाहिन्छ।
किनकि यही त्यो महत्त्वपूर्ण क्षण हो जब मानवहरुले आत्मविश्वासका साथ भन्न सकुन् “ हामी सम्पूर्ण मानबहरू यस पृथिबीमा एक हौं, हामि युद्धरहित जीबन बाच्न चाहन्छौ ! यही हाम्रो सनातन धर्म र कर्तब्य पनि हो ”
यो लेखको मूल आसय पनि यहि हो कि अबको विश्व — युद्ध र द्वन्दरहित बनोस ! बिस्वमा शान्तिको संरचना मजबुत बन्दै जाओस। सबैले शान्ति र राहतकाे सास फेर्न सकुन्। कामना गरौं मानव जिवनलाई सार्थक बनाउन एक-आपसमा सबैकाे साथ र सहयाेय मिल्दै जाओस।
बाहिरि बिकाशले मात्र मानबले सम्पुर्णता प्राप्त गर्न सक्दैन। आन्तरिक शान्ति, अमनचैन, भाईचाराकाे सम्बन्ध (Brotherhood Relationship) ले पनि मानव जिवनलाई सार्थकता दिन ठुलाे भुमिका खेलेकाे हुन्छ।
मानब चेतनाको स्तर र पुनरमुल्यांकन
यो लेख आ-आफ्नो चेतनाको स्तर बाट मुल्यांकन र बिस्लेषण गर्ने क्रममा धेरै वा थोरै आफ्नो क्षमता अनुसार हरेक ब्यक्तीको बुझाई फरक रहने भएता पनि, कसैले यस्को आसय बुझ्लान, कसैले नबुझ्न पनि सक्छन् , कसैले उल्टो अर्थ नलगाउला भन्न पनि सकिदैन। सबैको एकै प्रकारको चेतनाकाे क्षमता र स्तर पनि रहेको हुदैन ।
पूर्वीय बैदिक सनातन संस्कृति र परिबेसलाई नजिक बाट बुजेका वा बुझ्ने प्रयास गरेकाहरूको लागि यो लेखकाे भावनालाई सहज तरिकाले बुझ्न सक्षम रहनेछन् भने अरूलाई अलिकति असहज जस्तो लागे पनि शब्द र शैलि सरल रहेको हुनाले आसय (intentation) बुज्न कठिन पर्ने छैन भन्ने बिश्वास राखिन्छ l
Notification — यो घोषणापत्र विश्वव्यापी मानव चेतनाप्रति गरिएको एक खुला आह्वान हो। विश्व शान्तिको खोज केवल एक अमूर्त आदर्श भएर रहन सक्दैन; यो साझा, र सामूहिक उत्तरदायित्वका रूपमा स्थापित हुन आवश्यक छ। एकचाेटि एक बिस्वको अवधारणा लाई लाईन (Track) मा हिडाउन सकिएकाे खण्डमा फेरि त्यही परम्परा कायम रहेर विश्वमा दिगाे शान्तिको रुपरेखाले मान्यता प्राप्त गर्नेछ।
अहिले मानवतासामु उभिएका चुनौतीहरू कुनै एक राष्ट्र, विचारधारा वा संस्था सम्म मात्र सीमित छैनन् त्यसैले — जनचेतना, उत्तरदायित्व र करुणामा आधारित एकीकृत नैतिक प्रतिक्रियाको माग गर्छन्।
यस ऐतिहासिक क्षणको गम्भीरतालाई आत्मसात् गर्ने विश्वका सम्पूर्ण व्यक्ति, समुदाय र संस्थाहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा—विश्व शान्ति, मानव जागरण र नैतिक पुनर्निर्माणको यस अभियानमा सहभागि हुन आमन्त्रण पनि गरिन्छ। बौद्धिक, नैतिक, संस्थागत वा व्यावहारिक—जुनसुकै स्वरूपको योगदान भए पनि, सन्तुलित र मानवीय भविष्य निर्माणमा त्यसको महत्त्व रहनेछ।
यस अभियानले आफ्ना मूल उद्देश्यहरू प्राप्त नगरून्जेल, जुनसुकै चुनौती र परिस्थितिमा पनि दृढता र निरन्तरताका साथ अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछ। संवेदनशील, सचेत र जिम्मेवार विश्व नागरिकहरूको सहकार्य, सहानुभूति र ऐक्यबद्धता बाट जनजागरण तथा रचनात्मक कार्यहरूलाई निरन्तर सशक्त बनाइराख्न सकिनेछ।
हाम्रो दृढ विश्वास छ कि जब यो दृष्टिकोण संगठित, सहकार्यात्मक र संस्थागत मार्ग मार्फत अघाडि बढाइन्छ, तब विश्व शान्तिको अभियान केवल दीगो मात्र हुँदैन—यस्ले मानवतालाई अझ न्यायपूर्ण, स्थिर र चेतनशील विश्व व्यवस्थातर्फ मार्गदर्शन गर्ने आवश्यक गहिराइ, वैधता र गतिसिलता प्राप्त गर्नेछ।
याे लेखकाे महत्वपूर्ण सार-सम्क्षेपकाे संदेश —The core Summary of This Article)
१. मूल सिद्धान्त (Foundational Principle)
पृथ्वीमा सबै प्राणी , सबै धर्म, सबै संस्कृतिहरू एउटै अस्तित्व स्रोत बाट उत्पन्न भएका हुन्। विश्वशान्तिको आधार राजनीतिक सन्धिहरू होइनन्, बरु यो धार्मिक र प्राकृतिक सत्य हो कि मानवता अविभाज्य छ। यहाँ कोही पराया छैन।
२. शान्तिको परिभाषाको पुननिर्धारण
शान्ति भनेको केवल युद्धको अस्थायी अभाव होइन।
वास्तविक शान्ति त्यतिबेला हुन्छ ;
— जब मानवको मनमा भय हुँदैन
— जब समाजमा अन्याय हुँदैन
—पृथ्वि सुरक्षित नरहे काेहि पनि सुरक्षित रहनेवाला छैन।
— राष्ट्रहरूको सम्बन्ध हतियारमा होइन, विश्वासमा आधारित हुनु आवश्यक छ।
— आदर्श विश्व, आदर्श समाज (UTOPIA) को परिकल्पना त्यति बेला मात्र सम्भब छ जुनबेला, — समाज र प्रकृति बीच सन्तुलन कायम रहन्छ। सबै मानिस समान, सुखी र सुरक्षित हुन्छन्
३. युद्ध श्रिजना गर्नु : मानवता विरुद्धको अपराध
युद्ध कुनै समस्याको समाधान होइन—समस्याको जनक चाहि मान्न सकिन्छ । यस्ले केवल सीमाहरू मात्र तोड्दैन—मानव विवेक, नैतिकता र भविष्य समेत नष्ट पार्ने काम गर्छ।
अहिले परमाणु हतियार सम्पूर्ण पृथ्वीवासिको अस्तित्वका लागि दुस्मन शक्तिको रूपमा उदयमान भईसकेकाेछ। कुनै पनि समय पृथ्वीबासिहरूले घाेर संकटको सामना गर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न।
जस्ले घातक हतियारलाई सुरक्षा ठान्छ, उसले वास्तवमा सामूहिक मानव विनाशको तयारी गरिरहेको हुन्छ। तेराे-मेरा, ठुलाे-सानेा, जातिभेद र रंगभेदकाे खाडलले अन्ततोगत्वा युद्धलाईनै प्रोत्साहित गरिरहेकाे हुन्छ।
४. चेतनाको संकट : मूल कारण
विश्वका अधिकांश समस्याको मूल कारण हो—
-
चेतनाको पतन
-
लोभ, ईर्ष्या, घृणा र भयको राजनीति
-
तामसिक जीवनशैली बाट उत्पन्न विकृत सोच।
जब सम्म मानवले आफुले आफुलाइ चिन्न सक्दैन, तब ऊ बाह्य शत्रु सिर्जना गर्न थाल्छ।
५. धर्म र अध्यात्मको वास्तविक भूमिका
सबै प्रामाणिक धर्महरूको मूल सन्देश एउटै छ—
“आफू सहित अरूलाई पनि बाँच्न देऊ।”
धर्मको उद्देश्य विभाजन होइन—चेतनाको उत्थान हो।
६. सह–अस्तित्व र सामूहिक उत्तरदायित्व
कुनै पनि राष्ट्र—जति नै शक्तिशाली किन नहोस् एक्लै सुरक्षित रहन सक्दैन।
अरूको दुःखमा आधारित समृद्धि अस्थायी र भ्रमपूर्ण हुन्छ। दीर्घकालीन सुरक्षाको एकमात्र मार्ग हो :—
— सह–अस्तित्व
— करुणा
— पारस्परिक सहयोग
— सामूहिक कल्याण।
७. नयाँ विश्व–व्यवस्थाको आवश्यकता
यो घोषणापत्र निम्न आधारभूत परिवर्तनहरूको आवश्यकता स्वीकार गर्दछ ;
— घातक हतियारहरूको चरणबद्ध र पूर्ण उन्मूलन
— युद्ध–आधारित राजनीतिकाे अन्त्य
— मानवता–केन्द्रित विश्व शासनतर्फ संवाद
— सीमापार स्वतन्त्र र सहज आवागमनको व्यवस्था
— विज्ञान र प्रविधिको प्रयोग विनाशका लागि होइन, जीवनको संरक्षणका लागि हुनु पर्दछ।
८. प्रकृतिसँग पुनः सामञ्जस्य
प्रकृतिले केवल प्रतिफल फर्काउँछ। मानवले जे रोपेको छ, त्यसैकाे फसल उम्रने गर्दछ।
यदि पृथ्वीलाई युद्धबाट बचाउनुछ भने—
— लोभको सट्टा सन्तुलन
— उपभोगको सट्टा संयम र
— प्रभुत्वको सट्टा आपसी सद्भाव अपनाउन आवस्यक छ।
९. भय होइन—विश्वासको क्रान्ति
अबकाे समय—विश्व मानव निर्भय र स्वाबलम्बि रहुन
युद्धको होइन—शान्तिको क्रान्ति चाहिएकाेछ।
भयको होइन—विश्वासको राजनीति चाहिएकाेछ
विभाजनको होइन—एकता चाहिएको छ।
१०. अन्तिम विश्वव्यापी आह्वान
हामी, यस लेख मार्फत, बिस्वका सम्पूर्ण मानव समुदायलाई आह्वान गर्दछौँ ;
— पृथ्वीलाई युद्धभूमि होइन, सुन्दर फुलबारि बनाऔँ
— भविष्यका पुस्तालाई भय होइन, आशा सुम्पऔँ
— मानव अस्तित्व कुनै पनि विचारधारा र मान्यताहरू भन्दा उच्च रहेकाे हुन्छ।
— हामी सबै पृथ्वीबासि एक हौँ।
— सन्कल्प गराै , युद्धरहित जीवन जिउने।
यही हाम्रो साँचो मानव धर्म, कर्तव्य र भविष्य हो।
NOTIFICATION :- यो लेख कपिराईट अफिसमा दर्ता रहेको र बिश्वका लगभग संम्पुर्ण राष्ट्रहरू यस्को सदस्य रहेकाेले यस भित्रका पुर्ण वा आंशिक रचनाहरू कुनै पनि भाषामा लेखकको लिखित अनुमति बेगर लेख्ने एवं शैली र भाव लाई तोड मरोड गरि प्रस्तुत गर्रेको पाईएमा “अन्तर्राष्ट्रिय प्रतिलिपी अधिकार ” प्रचलित देशको ऐन कानुन बमोजिम, बैचारिक चोरि एवं हानि नोक्सानि पुर्याएको ठहर कसुरमा कारबाई प्रकृया अघि बढने हुदा त्यस्तो कार्य नगर्न , नगराउन आग्रह गरिन्छ तर जनचेतनाको लागि भने जति पनि सेयर (share) गर्न पाईनेछ — भन्ने कपिराईट अफिसको आधिकारिक भनाई रहेकाे छ ।
विश्वका प्राणिहरु आणबिक खतरा बाट मुक्त रहुन
“May all living beings be happy“
…………………………………………….
अवधारणा प्रस्तुतकर्ता – Conceptualized and Envisioned by :-
HRS YOGI (YUG DHARMA)
email:1.contact@spiritualclub.org.np
Mobile no : + 977 9769499123
Whatsapp : + 977 9866009599
www.spiritualclub. org.np
👉 Click on “New world”
SPIRITUAL ENERGY RESEARCH CENTER
Reminder
यस लेखकाे उदेश्य प्राप्तिको निरन्तरता लाई ध्यानमा राख्दै कालान्तरमा यो रचना ले बिस्वभरिका मानबहरुको जनजागरण साथै बिस्वमा चलिरहेकाे नकारात्मक क्रियाकलापहरुको केहिहद सम्म भए पनि न्यूनीकरण गर्दै लैजाने छ भन्ने आशा एबम बिश्वास सहित संबंधित सरकारि निकायमा सस्थागत तवरले बिधिवत दर्ता गरि याे mission लाई अघाडि बढाउन सबैकाे साथ र सहयाेगले अझ बढि प्रभावकारीताको अपेक्षा सहित याे लेखन कार्यले मुर्तरुप लिन सक्छ भन्ने आशा र बिश्वासका साथ याे लेख प्रस्तुत गरिएकाेछ। जय विश्व शान्ति ।।।